पूर्व प्रधानमन्त्री बाबुराम र पूर्व स्वास्थ्य राज्यमन्त्री धर्मशीलाविरुद्ध उजुरी - Naya Online

पूर्व प्रधानमन्त्री बाबुराम र पूर्व स्वास्थ्य राज्यमन्त्री धर्मशीलाविरुद्ध उजुरी

सुरुङ्गा (झापा), ६ असार । सत्य निरूपण तथा मेलमिलाप आयोगमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पूर्व स्वास्थ्य राज्यमन्त्री धर्मशीला चापागाईंविरुद्ध गम्भीर मानवअधिकार उल्लङ्घन गरेको भन्दै झापामा उजुरी परेको छ ।

नयाँ शक्ति पार्टीका संयोजकसमेत रहनुभएका डा भट्टराई तत्कालीन समयमा नेकपा माओवादीमा प्रमुख जिम्मेवार रहेको तथा चापागाईं इलाममा पार्टीको जिम्मेवार तहमा रहेका बेला शान्तिपुर–३ इलामका चन्द्रकान्त भट्टराईको हत्या भएको भन्दै उहाँहरुविरुद्ध आरोप लगाइएको छ ।

विसं २०५६ कात्तिक २४ गते राति १० बजे घरमा सुतिरहेका बेला बन्दुक, पटका, बन्चरो, कत्ती, खुकुरीजस्ता घरेलु हतियार प्रयोग गरी ५७ वर्षीय भट्टराईको हत्या गरिएको भनी उनका छोरा ऋतुपर्ण भट्टराईले स्थानीय शान्ति समितिमार्फत सत्य निरूपण तथा मेलमिलाप आयोगमा खुल्ला उजुरी दिनुभएको छ ।

उक्त जघन्य अपराधमा दमक, बाह्रघरेका टङ्क ढकालको समेत संलग्नता रहेको उजुरीमा दाबी गरिएको छ ।

घटनास्थलबाट प्राप्त सबुत त्यसैबेला जिल्ला प्रहरी कार्यालयमा पेस गरेको उल्लेख गर्दै ऋतुपर्णले न्याय दिलाई पाऊँ भनी उजुरी गरेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि...

चलचित्र ‘के२’ को छायांकन सम्पन्न

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा...

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...