पथरी (मोरङ), ६ असार । जिल्ला कृषि विकास कार्यालय मोरङले धान उत्पादन कार्यक्रमअन्तर्गत अनुदानबापतको रकम वितरण गर्न सुरु गरेको छ ।
एसआरआइ प्रविधिबाट चैते धान लगाउने ७३१ जना कृषकलाई कार्यालयले अनुदानबापतको रकम वितरण गरेको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ ।
एसआरआइ प्रविधिबाट चैते धान लगाउने किसानलाई प्रतिहेक्टर रु पाँच हजार नगद प्रदान गरिएको कृषि विकास कार्यालय मोरङका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी दिनुभयो ।
त्यसैगरी यसअघि बीउमा ५० प्रतिशत अनुदान, धान गोड्ने मेसिन र अनुदानमा ४० जनालाई पावर ट्रेलर उपलब्ध गराई सकिएको कार्यालय प्रमुख उप्रेतीको भनाइ छ ।
सो कार्यालयले मोरङको बेलबारी, मधुमल्ला, उर्लाबारी, पथरी शनिश्चरे, इटहरा, राजघाट, डाँगीहाटलगायतका क्षेत्रका कृषकलाई अनुदानबापत रकम वितरण गरेको हो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।