सुन्दरीजल प्रशोधन केन्द्र जीर्ण भएर काम नगर्ने अवस्थामा - Naya Online

सुन्दरीजल प्रशोधन केन्द्र जीर्ण भएर काम नगर्ने अवस्थामा

sundarijal-dam

सुन्दरीजल (काठमाडौँ), ६ असार । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी खानेपानी निर्यात गर्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड सुन्दरीजलको प्रशोधन केन्द्र जीर्ण भएर काम नगर्ने अवस्थामा पुगेको छ ।

विसं २०२३ मा निर्माण भएको यो प्रशोधन केन्द्र ५० वर्षे अवधिमा सानातिना मर्मत मात्र गरेर चलाउँदै आएकाले जीर्ण भएर काम नगर्ने अवस्थामा पुगेको लिमिटेडका महाप्रबन्धक डा महेशप्रसाद भट्टराईले बताउनुभयो ।

दैनिक दुई करोड १० लाख (२१ मिलियन) लिटर पानी सुन्दरीजलमै प्रशोधन गरेर वितरण गरिन्छ भने दुई करोड ६५ लाख (२६.५ मिलियन) लिटर पानी पाइपबाट महाँकालचौर शाखा लगेर प्रशोधन गरिन्छ ।

प्रशोधित पानी वर्षायाममा निरन्तर पठाइने र सुक्खा याममा दैनिक ४–५ घन्टा र अझ पानीको सतह घटेका बेलामा दैनिक २–३ घन्टा पानी निर्यात गरिने गरेको पनि उहाँले जानकारी दिनुभयो ।

सुन्दरीजलबाट पानी लगिएका फलामका २० इन्चका दुई वटा पाइप पनि जीर्ण भएर ठाउँठाउँमा पानी चुहिने समस्या छ । “सुन्दरीजलका पानी खोल्ने र बन्द गर्ने ठूलाठूला भल्भ नै जीर्ण भएका छन्”– लिमिटेडका प्रवक्ता मिलनकुमार शाक्यले भन्नुभयो ।

खानेपानी लैजाने यन्त्रलाई पानीमा प्रयोग गरिने रासायनिक पदार्थले खाएर जीर्ण बनाउने र पाइपमा खिया लाग्ने समस्या रहेको प्रवक्ता शाक्यको भनाइ छ ।
मुख्य पानीको स्रोत रहेको सुन्दरीजलका संरचना जीर्ण हुँदा पानी प्रशोधन र वितरणमा असर पुगेको शाक्यले स्वीकार्नुभयो । दुई वर्ष अघि नै केन्द्र निर्माणको तयारी गरिए पनि प्राविधिक कारणले रोकिएकाले आगामी आवको सुरुमै टेन्डर गरी प्रक्रिया सुरु गरिने लिमिटेडले जनाएको छ ।

हाल उपत्यकामा दैनिक ३६ करोड लिटरको पानी माग रहेको छ भने लिमिटेडले वर्षात्मा १५ करोड लिटर र सुक्खा मौसममा नौ करोड लिटर मात्र आपूर्ति गर्दै आएको छ । सञ्चालनमा रहेको पानी प्रणालीमा ४० प्रतिशत चुहावट भए पनि रोक्न नसकिएको कर्मचारीले नै स्वीकार्ने गरेका छन् । एक सय २० वर्ष पुराना पाइपबाट समेत पानी वितरण भइरहेकाले चुहावट हुनु स्वभाविक भएको महाप्रबन्धक भट्टराईको भनाइ छ ।

सुन्दरीजलको प्रशोधन केन्द्र जीर्ण हुँदा महाँकालचौरमा प्रशोधन भएर वितरण हुने क्षेत्रभन्दा माथि हाल धमिलो पानी वितरण भइरहेको बौद्धका ग्राहक टासीकुमार लामाले गुनासो गर्नुभयो । “खेतको गरामा धान रोप्न ल्याएजस्तै पानी हाम्रो धारामा आउँछ, प्रशोधन नगरी पानी पठाउँछ”–उहाँले भन्नुुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...