चालक अनुमतिपत्र लिने कार्यालयमा चरम लापर्बाही - Naya Online

चालक अनुमतिपत्र लिने कार्यालयमा चरम लापर्बाही

इटहरी, ६ असार । यातायात व्यवस्था कार्यालय इटहरीमा सेवाग्राहीले चालक अनुमतिपत्र लिन जाँदा ठुलो सास्ती र हैरानी पाउने गरेका छन् ।

सो कार्यालयबाट सर्वसाधारणले चालक अनुमतिपत्र प्राप्त गर्नु ठूलै युद्ध जिते सरह भएको छ ।

चालक अनुमतिपत्रका लागि फर्म भरेर बुझाउन दलाललाई रु दुई हजार दिनुपर्छ नत्र फर्म दर्ता सम्भव हुन सक्दैन । चालक अनुमतिपत्र पाउनका लागि रित पु¥याउन मानिसको स्वास्थ्य र दृष्टि जाँच अनिवार्य हुन्छ । तर त्यहाँ चिकित्सक छैनन् उनले सहि गरी छाडेको तयारी सिफारिसका कागज हात हातमा बिक्छ ।

फागुनपछि चालक अनुमतिपत्र कार्यालय इटहरीले नयाँ चालक अनुमतिपत्र प्राप्तिका लागि आइतबार फर्म खोल्यो र बिहानैदेखि हजारौ मानिस फर्म प्राप्तिका लागि लाइनमा उभिए तर दिनको ३ बज्न नपाउँदै फर्म वितरण बन्द गरियो ।

झन्डै आधा मानिसले दिनभर लाइनमा बसेर पनि फर्म पाउने अवस्था भएन । यसो हुनु भनेको चोरबाटो लाग्नु भन्ने हुँदो रहेछ ।

कार्यालय प्रमुख श्याम सिंहले झन्डै छ हजार मानिसले फर्म प्राप्त गरेको र उनीहरुले प्राप्त गरेको फर्म कतिपयले हिजो र आजदेखि दर्ता गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

फर्म प्राप्त गर्नै गाह्रो रहेछ नि भनी प्रश्न गर्दा उहाँले फर्म रेडक्रसले वितरण गर्ने गरेको छ त्यो कार्यालयले भन्दा पनि रेडक्रसले जान्ने कुरा हो भन्नुभयो ।

फर्म वितरण र दर्ताका लागि लाग्ने भीड नियन्त्रणका लागि बिहानैदेखि सयौँ जना सुरक्षाकर्मी समेत परिचालित भएका छन् तर पनि कतिपय सोझा सिधा सेवाग्राहीले समान रुपमा फर्म प्राप्ति गर्नु नै कठिन कार्य भइरहेको अधिकांश सेवाग्राहीको गुनासो रहेको पाइएको छ ।

कार्यालयले माघ र फागुन महिनामा आठ हजार फर्म दर्ता गरेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...