‘उत्तरवर्ती सोच’ अस्वीकार, दावी र खोजको अभिष्ट हो' - Naya Online

‘उत्तरवर्ती सोच’ अस्वीकार, दावी र खोजको अभिष्ट हो’

sagun susara photo

सगुन सुसारा (साहित्यकार)


नेपाली साहित्यमा वि.सं. २०६० सालमा फरक सर्त र बेगल मत सहितको एक साहित्यिक आन्दोलनको प्रादुर्भाव भयो, जसलाई भनिएको थियो– उत्तरवर्ती सोच । जसले समग्रतावादी नेपाली साहित्यमा समान अस्तित्वको दावि, सत्ता–शक्ति निर्मित इतिहासको अस्वीकार, स्व–स्वायत्तता र आत्मनिर्णयको अधिकारको दावि, तथाकथित भूमण्डलीयकरणको अस्वीकार जस्ता केही भिन्न र अराजक लाग्ने सर्तहरू अघि सारेको थियो/छ । परम्परावादी नेपाली साहित्य विरुद्ध एउटा विद्रोहको रूपमा पूर्वी पहाडबाट सुरु भएको यस आन्दोलनका अगुवाहरूमध्येका एक हुनुहुन्छ– सगुन सुसारा । पाँचथरको फिदिममा बसेर साहित्य लेख्ने सुसाराले हालसम्म पनि निरन्तर रूपमा सिर्जना र बिचार मार्फत उत्तरवर्ती सोचलाई प्रोमोड गरिरहुनभएको छ । उहाँसँग गरिएको संक्षिप्त कुराकानी:

नेपाली साहित्यमा ‘उत्तरवर्ती सोच’ भनिरहनुभएको एक दशक नाँघेछ, अत्यन्तै सरल भाषामा भन्नुपर्दा ‘उत्तरवर्ती सोच’ भनेको के हो ?
उत्तरवर्ती सोच स्व–स्वायत्तता र आत्मनिर्णयको अधिकार हो । अझ यसो भनौं अस्वीकार, दावी र खोजको अभिष्ट हो ।
यो पिरियडमा तपाईहरूले अगाडि सार्नुभएको सर्त नेपाली साहित्यले कति आत्मसात गर्न सक्यो, यसलाई कसरी समिक्षा गर्नुहुन्छ ?
हामीले सारेका सर्तमा आज अधिक नेपाली साहित्य लेखिन थालिएका छन् । राम्रो कुराको कुनै न कुनै बेला आत्मसाथ हुन्छ । समय लाग्न सक्छ । लेखन बढी रहेको छ ।
तपाईहरूको लेखनले ‘जातिवादी’ र ‘साम्प्रदायीक्ता’ को आरोप समेत खेप्नुप¥यो र परिरहेकै छ, तपाईहरू साँच्चिकै जातिवादी हो ?
आरोप लाग्नु भनेको खोट नहुनु हो । कुनै पनि लेखक कुनै जातिको हुदैन भने कुनै साम्प्रदायको हुदैन भने उसको पहिचान के ? के का लागि लेख्ने ? किन लेख्ने ? सायद मलाई चाँही मेरो कुरा लेख्दा, मेरो कुरा भन्दा जातिवादी÷साम्प्रदायीक्ता भन्छन् भने मेरो भन्नु केही छैन । आफ्नो कुरा गर्न नपाउनु ? साहित्यमा आफ्नो कुरा भन्न नपाउनु ? साम्प्रदाय भनेको उसको समाज होइन । समाजको कुरा लेख्न नपाउने ? कुरा गर्न नपाउने ?
पाठकहरू भन्छन्– उत्तरवर्तीहरूको लेखन एकदमै क्लिट र अमूर्त भयो । साहित्य बौद्धिक विलासिता मात्र हो कि एउटा सामान्य पाठकको लागि पनि हो ?
पाठकहरूलाई म दोष दिन चाहन्न, क्लिष्ट भयो, अमूर्त भयो भन्न पाउने अधिकार छ । तर पाठकलाई बौद्धिक र सामान्य भनेर अपमान गर्न मिल्दैन ।
सुरुवाती चरणमा जुन किसिमको चहलपहल र गतिविधि थियो अहिले क्रमशः कमी आउँदै गएको छ, यतिबेला उत्तरवर्ती टिमले नयाँ के गरिरहेको छ ?
साहित्यमा राजनीति जस्तो नारा, जुलुस गरेर अर्थात् भीड लगाइदैन, उत्तरवर्ती सोच थालनी हुँदा र आज पनि हामी उस्तै रूपमा अघि बढी रहेका छौं । सायद पत्रिका प्रकाशनलाई मान्ने हो भने केही तपाइँले भने जस्तो चहलपहल कम भयो होला ? तर सोच्ने, अध्ययन गर्ने र लेख्ने काम गरिरहेका छौं । भवानी तावा, सगुन सुसारा र एल.बि.अगेनको कविताकृति प्रकाशित भइसकेको छ भने अब राज माङलाकको कविताकृति प्रकाशनमा आउँदैछ, र त्यसको साथै उत्तरवर्ती सोचको परिचर्चा पाँचथर बाहिर गर्दैछौं ।
भाषा, साहित्य र कलाको श्रीबृद्धिको लागि एकेडेमीले गरिरहेका कार्यहरू कतिको परिणाममुखी छन्, एकेडेमीको कार्यशैली प्रति तपाई सन्तुष्ट हुनुहुन्छ की नाई ?
सायद राम्रै काम गर्दै होला ? सत्ताको पछि लाग्नेलाई मेरो भन्नु केही पनि छैन ।
राज्य पुनःसंरचना र संघीयता कार्यन्वयनको काम जुन किसिमले अघि बढिरहेको छ, तपाई एक इमानदार लेखकको हैसियतले त्यसप्रति कत्तिको चित बुझेको छ ?
उत्तरवर्ती सोचलाई हामीले थालनी गर्दा यति छिट्टै यी कुराहरूको सारगर्मी चर्चा होला भन्ने लागेकै थिएन । तर यो बिषय अध्याधिक चर्चामा रहे । तथापि जति यसको कार्यन्वयन हुनु पर्ने हो त्यो नभएकै हो । खासमा यो राजनीतिको मारमा प¥यो ।
भनिन्छ– केन्द्र र मोफसल बीचको खाडल अझै पुरिसकिएको छैन । साखमा यो कुरामा सत्यता छ कि, क्षमताहीन लेखकहरूको रोइकराई मात्र हो ?
तपाइँले भने जस्तो केन्द्र (काठमाडौंलाई मान्ने हो भने) नबसेर पनि लेखक, साहित्यकारहरू मोफसलबाट (काठमाडौं बाहिर) उत्तिकै क्षमता राख्ने छन् । एउटा प्रचलन के छ भने काठमाडौंमा चर्चा गरियो भने अलि बढी हल्ला हुने परम्परा भने छ । लेखकले खासमा कुनै रोइ, कराई गर्नु पर्ने कारण नै छैन ।
उत्तरवर्ती आँखाले हेर्दा समकालीन नेपाल साहित्यको स्तर अहिले कहाँनेर छ, नेपाली साहित्य व्यवसायिक बोटोमा कत्तिको फड्कीन सकेको छ, अथवा लेखनलाई पैशा सँग जोड्न मिल्छ की मिल्दैन ?
नेपाली साहित्य विश्व साहित्यको स्तरमै छ । तर त्यस्ता साहित्यको अनुवाद हुन सकेको छैन । हिजोआज नेपाली साहित्य व्यवसायिक बन्दै गएको पक्का हो । प्रकाशन गृहहरूको स्थापनाले यसलाई ठूलो टेवा पु¥याएको छ । यद्यपि लेखनलाई पैसा सँग जोड्न भने मिल्दैन । त्यो व्यवसाय हो । व्यवसायले उत्कृष्टता पस्कन सक्दैन ।
तपाई एक युवा समालोचक पनि, साहित्यका नवोदित विद्यार्थी, जो भोलि लेखक बन्न चाहन्छन्, उनीहरूले पढ्नैपर्ने पाँच वटा पुस्तक कुन–कुन हुन् ?
पाँच वटा होइन, बजारमा आएका पुस्तकहरू सबै पढौं, विचारणीय कुरा आफ्नो रुचीको पुस्तक छान्नु पर्छ । रुची नभएका पुस्तक पढ्नलाई निकै सकस पर्छ ।

प्रस्तुती: सन्देश सुब्बा

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

दाजु गुरुङको उपन्यास निरजोयामाथि परिचर्चा

इटहरी । सगरमाथा साहित्य प्रतिष्ठान प्रदेश शाखाले दाजु गुरुङको नविनतम कृति ‘निरजोया’ माथिको परिचर्चा...

गीतकार आङ्बुहाङको चार म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ– गीतकार कल्पना आङ्बुहाङको चार गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार जमलस्थित...

शालिक अनावरण र कविता प्रयोगितासहित बराहक्षेत्रमा २११ औं भानुजयन्ती

बराहक्षेत्र नगरपालिका वार्ड नम्बर –३ स्थित भानु चौकमा आदिकवि भानुभक्त आचार्यको शालिक अनावरण गर्दै...

विनेसामको १५औँ स्थापना दिवस तथा २११औँ भानुजयन्ती सम्पन्न

विनेसामको १५औँ स्थापना दिवस तथा भानुजयन्ती भव्य भर्चुअल कार्यक्रममा सम्पन्न भएको छ । विश्वका...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...

जुनू रानाद्वारा लिखित कविता सङ्ग्रह रातो नदि विमोचन हुँदै

काठमाडौं । कवि जुनु रानाद्वारा लिखित कविता कृति “रातो नदी”को यहि असार १५ गते...

साहित्यको माध्यमबाट महिला, बालबालिका तथा विश्व वातावरण संरक्षणको पक्षमा काम गर्न सकिन्छः मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले साहित्यको माध्यमबाट महिला, बालबालिका...

राइफलको नालबाट जीवन नियाल्दा सार्वजनिक

काठमाडौँ । युद्धसाहित्यकार गणेश राईको नवौँ कृति ‘राइफलको नालबाट जीवन नियाल्दा’ संस्मरणात्मक उपन्यासको दोस्रो...

समयको कठघरामा

उमेरका खुड्किलाले तला थप्दै जाँदा प्रश्नहरूको चेपुवामा चेपिदै गएकी तल्लाघरे साइली उभिएकी छिन् समयको...

समयले डोरिएको छत्रबहादुर दम्पतीको जीवन

देवेन्द्र सुर्केली भक्तपुर जिल्लाको व्यस्त चोक गट्ठाघर । त्यसको २५ मिटर उत्तरदेखि झण्डै १०,१५...