संसद् नियमावली पारित: जित जितको अवस्था - Naya Online

संसद् नियमावली पारित: जित जितको अवस्था

काठमाडौँ, ५ असार । संसदीय सुनुवाइ समितिको पहिलो बैठक सोमबार बिहानसभामुखको कक्षमा बस्ने भएको छ ।

“मैले समितिको पहिलो बैठक भोलि(सोमबार) बिहान ८ बजे मेरो चेम्बरमा बोलाएको छु, यसपछि समितिले आफ्ना कार्यविधि निर्माण लगायतका काम गर्दै अगाडि बढ्ने छ ।” सभामुख ओनसरी घर्तीले भन्नुभयो ।
नयाँ संविधान जारीपछि रुपान्तररित सदनले नौ महिनापछि आज संसद् नियमावली पारित गरेको थियो । व्यवस्थापिका–संसद् भवनमा आज सञ्चारकर्मीसित कुरा गर्दै सभामुख घर्तीले नियमावली पारितसँगै सदनका काम कारबाही अझ व्यवस्थित ढङ्गले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

नियमावली पारित गर्नाका लागि राजनीतिक दलले प्रदर्शन गर्नुभएको जिम्मेवारीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि दलका बीचमा यस्तै सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो । संसद् नियमावलीमा विशेष गरी सुनवाइ समितिमा कति सदस्य रहने भन्ने विषयमा दलबीच मुख्य रुपमा विवाद थियो । सत्तारुढ दल १५ र प्रमुख प्रतिपक्षी दल ७५ सदस्यीय हुनुपर्ने अडानमा रहे पनि दलबीच १५ सदस्यीय समिति बनाउने सहमति भएको थियो ।

अब मन्त्रिपरिषद्ले विभिन्न देशमा नियुक्तिका लागि सिफारिस गरेका राजदूत र न्यायाधीशको सुनवाइ गर्न मार्गप्रशस्त भएको छ । सुनवाइ समिति १५ सदस्यीय हुने, सिफारिसलाई दुई तिहाइले अस्वीकार गर्न सक्ने कुरालाई बहुमतले पारित गरेको थियो ।

बैठकपछि सत्तारुढ र प्रतिपक्षी दलका सांसद ‘वीन वीन भो है भन्दै’ बैठक कक्षबाट बाहिरिएका थिए । नियमावली पारित गराउँदा पहिलो पटक सत्तापक्ष र प्रतिपक्षी दुवैतर्फका सांसद अन्योलमा थिए । उनीहरु ‘हुन्छ’ भन्ने समयमा ‘हुँदैन’ र ‘हुँदैन’ भन्ने समयमा ‘हुन्छ’ भन्न पुगेका थिए । यसपछि सभामुखले बैठक आधा घन्टाका लागि स्थगन गराउनुभएको थियो ।

पत्रकार सम्मेलनमा सभामुख घर्तीले भन्नुभयो, “म नै अलमलमा परेँ, सांसदलाई दल मार्फत सूचना प्रवाह गर्न कमी देखियो ।” नियमावलीका विषयमा दलबीच आज बिहान सहमति भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...

पुस्तक लोकार्पण तथा पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न

धरान, ३ जेठ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन “परदेशी बिम्बहरू… साहित्यिक वार्षिक”...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

पनौती / मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले...