मायालु मन हुनु नि कहाँ सजिलो छ र ? - Naya Online

मायालु मन हुनु नि कहाँ सजिलो छ र ?

कत्ती सजिलै मान्छेहरू अर्काको बिषयमा ‘जज’ गर्छन्
र, सजिलै अर्काको चरित्रै बिगारी दिन्छन्,

prabha khapung

प्रभा खापुङ


‘डिउटी स्टार्ट’को समय थियो
एउटा बुढी बिमारी लेडीको बारेमा जानकारी दिदै
कलिकहरू भन्दै थिए
उनी छुच्ची छिन्
सराप्छिन्
आदि इत्यादी
यी सब कुराहरू सुन्न म खुशी थिइनँ
तर केही बोलिनँ
अफिसमा गएर उस्को ‘हिस्टोरी’ हेरे
पढ्दैथिएँ म, झण्डै रोएँ
भर्खरै उस्को नाती मरेको छ
छोरीले आत्महत्या गरेकी छिन्
आफू वृद्ध अवस्थामा शीथिल शरीर
सात पटक मेजर अप्रेसन गरिसकेको
अनि एकैछिनमा परिवारविहिन
कत्ती सजिलै मान्छेहरू अर्काको बिषयमा ‘जज’ गर्छन्
र, सजिलै अर्काको चरित्रै बिगारी दिन्छन्,
मलाई उस्को धेरै माया लाग्यो
अनि म उनीसँग धेरै समय खर्च गर्न थालेँ
एकदिन उनले मलाई अङ्गालेर रोइन्
निक्कै साह्रो रोइन्
धेरैबेर रोइन्
अनि थाहा छैन किन म पनि रोएँ
अन्ततः
उनले मलाई भनिन् –‘तैले मेरो छोरिको याद दिलाइस्’
मनमा लाग्यो ‘सायद धेरै माया गर्नु गल्ती पो गरे कि ?’
तर रुनु पनि एउटा उपचार नै रहेछ
त्यसपछि उनी मलाई देख्दा खुशी हुन्थिन्
हिजोआज उनी मलाई छोरी भन्छिन्
अनि म उनलाइ आमा
उनी मलाई देखेर खुशी हुन्छिन् भने
म उनको एक्लोपन देखेर रुन्छु,
कहिले मनमा लाग्छ ‘दयालु मन हुनुपनी आफै दुख्नु रहेछ’,
तर
अर्काको दुखाइमा दुख्ने यो मन
त्यही दुखाइमा रमाइदिन्छ,
उनको खुट्टा कुहिन्दै जादैछ,
उनी सोध्छिन् –‘किन म हिड्न सक्दिनँ ?’
उनको त्यो प्रश्न र उनको एक्लोपनले
पिरोलिन्दै घर आउदै गरेको हुन्छु
अनि मनमा लाग्छ
‘मायालु मन हुनु नि कहाँ सजिलो छ र ?’

हालः वेलायत

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

किताबका कुरा: दुई औँठाका ल्याप्चेसहित मुक्ति पाएकी लादिप्माको कथा ‘प्याउली’

प्रकाश दिप्साली राई  पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि...

युपारुङ

जानु काम्बाङ लिम्बु पथाङको फेरोमा युपारुङ बाँधेर जीवन साट्नभन्दा पहिले म धर्ती र तिमी...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

संस्मरण: मध्य असारको त्यो ‘वृहत हतुवागढी साहित्य उत्सव……’

प्रकाश दिप्साली राई कुनैबेला हतुवागढीमा बाक्लो साहित्यिक ठुलै उत्सव महोत्सवहरू हुने गथ्र्यो । देशकै...

‘ताई ओ’ सित जोडिएको यात्रा

जानु काम्बाङ लिम्बू अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिबर्तन ।...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

पुस्तक लोकार्पण तथा पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न

धरान, ३ जेठ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन “परदेशी बिम्बहरू… साहित्यिक वार्षिक”...