खप्तडमा पर्यटकका लागि चाहिने पूर्वाधारको अभाव - Naya Online

खप्तडमा पर्यटकका लागि चाहिने पूर्वाधारको अभाव

धनगढी, ५ असार । धर्तीको स्वर्गका रुपमा परिचित पर्यटकीय क्षेत्र खप्तडमा पर्यटकका लागि बस्ने, खानेलगायतका समस्या रहेको खप्तडको भ्रमण गरी फर्केकाहरुले बताएका छन् ।

शनिबार आयोजित छलफल कार्यक्रममा खप्तडको भ्रमण गरी फर्कनुभएका पूर्व मुख्य सचिव लीलामणि पौडेलले प्राकृतिक रुपमा रमणीय क्षेत्र रहे पनि खप्तडमा जाने पर्यटकको खाने, बस्ने, सडक यातायात, सुरक्षा, सञ्चारलगायतका असुविधा रहेको अनुभव सुनाउनुभयो ।

“केवल पाटीपौवा बनाएर मात्र हुँदैन, पौडेलले भन्नुभयो –चाहिने सबै पूर्वाधार बनाउन जुट्नुपर्छ ।”

कार्यक्रममा खप्तडको भ्रमण टोलीमा सहभागी वक्ताहरुले भावनात्मक रुपमा आन्तरिक पर्यटक खप्तड पुग्ने गरे पनि चाहिने सबै पूर्वाधार नजुटेका कारण विदेशी पर्यटक जान नसकिरहेको धारणा राख्नु भयो ।

कैलाली उद्योग वाणिज्य सङ्घ र नेपाल टुर्स एण्ड ट्राभल्स एसोसिएसन (नाटा)द्वारा आयोजित छलफल कार्यक्रमका सहभागीहरुले खप्तड क्षेत्र गल्फ, योगालगायतका लागि पनि उपयुक्त क्षेत्र हुन सक्ने बताएका थिए ।

सरकारले खप्तड पर्यटन विकास समिति गठन गरेको भए पनि यो समितिले प्रभावकारी रुपमा काम गर्न नसकेको स्थानीय पर्यटन व्यवसायीहरुको गुनासो रहेको छ ।

सुदूरपश्चिमको डोटी, बझाङ, बाजुरा र अछाम जिल्लाको सीमा क्षेत्रमा पर्ने खप्तडमा गङ्गा दशहराको अवसरमा बर्सेनि ठूलो मेला लाग्ने गर्छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...