भगत सर्वजितको सालिक निर्मित - Naya Online

भगत सर्वजितको सालिक निर्मित

बागलुङ, ४ असार । नेपाली दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको सालिक निर्माण गरिएको छ ।
बागलुङ नगरपालिका –७ गैरागाउँमा निर्मित सालिकको शुक्रबार शिक्षामन्त्री गिरीराजमणि पोखरेलले अनावरण गर्नुभयो । कालीमाटी, गैरागाउँ विश्वकर्माको जन्मथलो हो । विश्वकर्मा जातीय मुक्ति आन्दोलनका प्रणेता हुन् । कठोर राणाकालमा पनि दलित मुक्ति आन्दोलनका लागि विश्वकर्माले दिनुभएको योगदान स्मरणीय छ । नेपाली दलित आन्दोलनलाई एकीकृत रुपमा अघि बढाउन विश्वकर्माले खेलेको भूमिका महत्वपूर्ण छ ।

समाज सुधारकको समेत परिचय बनाउनुभएका विश्वकर्माले १९९७ सालमा पहिलो पटक बागलुङबाट दलित आन्दोलनको सुरुआत गर्नुभएको थियो । बागलुङको शैक्षिक विकासमा पनि उहाँको उल्लेख्य योगदान छ ।

विश्वकर्माले २००७ सालमा मूलपानीमा विश्वकर्मा प्रावि स्थापना गर्नुभएको थियो, जुन अहिले विश्वकर्मा उच्चमाविको रुपमा सञ्चालित छ ।

उहाँले धार्मिक, सांस्कृतिक, आर्थिक, शैक्षिक र सामाजिक हिसाबले दलित समुदायलाई अधिकारसम्पन्न बनाउनुपर्ने विषयलाई मूल रुपमा उठाउनुभएको थियो । जातीय छुवाछुत अन्त्य गर्नुपर्छ भनेर उहाँले आन्दोलन र सामाजिक जागरणका कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

उहाँको व्यक्तित्व र पहिचानलाई जोगाइराख्न भगत सर्वजित विश्वकर्मा प्रतिष्ठान समेत स्थापना गरिएको छ । प्रतिष्ठानले नै विश्वकर्माकोे सालिक निर्माण गरेको हो । जातीय मुिक्तका लागि सारा जीवन अर्पण गर्नुभएका विश्वकर्माको सम्मानमा सालिक निर्माण गरिएको प्रतिष्ठानका कावा अध्यक्ष ओमबहादुर विश्वकर्माले बताउनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...