'घुम्दैफिर्दै रूम्जाटार !' - Naya Online

‘घुम्दैफिर्दै रूम्जाटार !’

dewan

जीवन देवान गाउँले


गत बर्षको अगष्टमा एनआरएन मलेसियाको राष्ट्रिय अघिवेशन सम्पन्न हुदै गर्दा र सो अघिवेशनले नेतृत्व चयन गर्दै गर्दा मेरो निश्कर्ष थियो – एनआरएनले बाटो बिरायो । तर, तत्कालिन अधिवेशन प्रतिनिधिहरूले बाटो बिरिएको हैन वल्की बाटो बिराएकालाई सही मार्गमा ल्याईएको जिकिर गरे । परिणाम एक बर्ष नपुग्दै देखा पर्यो र पदबाट बर्खास्त गर्ने गरि कै कारबाही गर्नु पर्यो ।
यद्ध्यपी निलम्वित अध्यक्षलाई जुन अभियोगमा कारबाही गरियो, एनआरएनको यस कारबाही प्रति पनि प्रश्न उठान गर्न सकिने केही प्वालहरू देख्न सकिन्छ । जस्तो, अध्यक्ष मार्फत भिषा लगाईएको भनिएकाहरू नक्कलि भिषा वहाक भएको अभियोगमा पक्राउ परेको घट्ना श्रृंखलाबद्ध रूपमा नेपाली छापाहरूमा आए । ति केसहरूमा एनआरएन गम्भिर भएको देखिएन । जसै एनआरएन सचिव पक्राउ परे र एनआरएन सर्कलकै अन्यहरूका पनि सोही प्रकृतिको भिषा लगाईएको ठहर भयो तव मात्रै निलम्बित अध्यक्ष माथि एनआरएन कठोर भएको देखियो ।
खैर, अधिवेशनले चयन गरेको अध्यक्ष महेन्द्रजंग शाहलाई आफ्नै क्याविनेट कार्यसमितिले निलम्वित गरि उक्त पदमा विश्व राईलाई मनोनित गरेको छ । र, राईको पदबहाली संगै यो भन्न सकिन्छ कि एनआरएन मलेसिया घुम्दैफिर्दै रूम्जाटार आईपुगेको छ ।

मैले सम्भावित अध्यक्ष देखेको राईलाई चौथो अधिवेशनको मुखमा चलेको राजनीतिक चालबाजीले अध्यक्षको लाईन-आउट हुन बाध्य बनायो । र, अध्यक्ष पद धुर्त-लोभीहरूको कोर्टमा गयो । फलस्वरूप कार्यकाल पुरा नहुदै दुर्घटना भयो र त्यसको क्षति सिंगो एनआरएनले बेहोर्नु पर्यो । सायद यही दुर्घट्नाबाट पाठ सिकेर हुनुपर्छ एनआरएन पदाधिकारीहरूको सर्वसम्मतीले विश्व राईको नेतृत्वलाई स्विकारेको ।

किनभने, राई तेतिबेलाका कि-प्लेयर हुन जतिबेला एनआरएन मलेसिया भएर पनि नभएको अवश्थामा थियो । तत्कालिन केन्द्रिय उपाध्यक्ष देवमान हिराचनको उपस्थितिमा त्यो अवस्थाको एनआरएनलाई खारेज गरि नया विचार र शीराबाट मलेसियामा एनआरएनलाई पुनरागमन गराउनु पर्छ भन्ने उदेश्यले राईले नै कि-प्लेयरको महत्वपूर्ण भूमिका खेलेका थिए । र, हिराचनको रोहवरमा गठन भएको एनआरएन मलेसिया तदर्थ समितिमा सदस्य, पहिलो र दोश्रो अधिवेशनबाट महा-सचिव, तेश्रो अधिवेशनबाट उपाध्यक्ष को हैसियतमा जिम्मेवारी बहन गरिसक्नु भएका ब्याक्ती हुन -राई । त्यसैले शंकर पौडेल पछि अध्यक्षको दावेदार कोहि हो भने त्यो विश्व राई मात्रै हो भन्ने मेरो जिकिर छ ।
तर, मैले सम्भावित अध्यक्ष देखेको राईलाई चौथो अधिवेशनको मुखमा चलेको राजनीतिक चालबाजीले अध्यक्षको लाईन-आउट हुन बाध्य बनायो । र, अध्यक्ष पद धुर्त-लोभीहरूको कोर्टमा गयो । फलस्वरूप कार्यकाल पुरा नहुदै दुर्घटना भयो र त्यसको क्षति सिंगो एनआरएनले बेहोर्नु पर्यो । सायद यही दुर्घट्नाबाट पाठ सिकेर हुनुपर्छ एनआरएन पदाधिकारीहरूको सर्वसम्मतीले विश्व राईको नेतृत्वलाई स्विकारेको ।
अन्त्यमा : एनआरएन कस्तो प्रकृतिको संम्बाहक भएर मलेसियामा उदाएको हो भन्ने विश्व राईलाई राम्ररी थाहा हुनुपर्छ र एनआरएन मलेसियामा कस्तो प्रवृतिको प्रभाव झॉगिदै छ भन्ने पनि राम्ररी थाहा हुनुपर्छ । त्यसोहुदा राईले कार्यकारी पदमा रहेको बेलानै प्रकृति र प्रवृति विचको भेद खुट्याएर त्यसको बिरूद्धमा उभिनु जरूरी छ । झॉगिदै गएको प्रवृतिलाई रोक्ने रणनीति पनि बेलैमा तय गर्नु जरूरी छ । किनकी सधै रूम्जाटार घुम्दैफिर्दै आफूकहा आईपुग्दैन र रूम्जाटार पुग्ने बाटो नसमाती सधै घुम्दैफिर्दै रूम्जाटार पुगिदैन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...

समयले डोरिएको छत्रबहादुर दम्पतीको जीवन

देवेन्द्र सुर्केली भक्तपुर जिल्लाको व्यस्त चोक गट्ठाघर । त्यसको २५ मिटर उत्तरदेखि झण्डै १०,१५...

समयले डोरिएको छत्रबहादुर दम्पतीको जीवन

देवेन्द्र सुर्केली भक्तपुर जिल्लाको व्यस्त चोक गट्ठाघर । त्यसको २५ मिटर उत्तरदेखि झण्डै १०,१५...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...