मनोरञ्जनात्मक रेस्लिङ शनिबार - Naya Online

मनोरञ्जनात्मक रेस्लिङ शनिबार

wrestling nepalकाठमाडौँ, ३ असार । हिमालयन टाइगर प्रोफेस्नल रेस्लिङ एसोसिएसनले यही असार ४ गते मनोरञ्जनात्मक रेस्लिङ कार्यक्रम गर्ने भएको छ ।

नेपालमा रेस्लिङ खेललाई व्यावसायिक रुपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ कालीमाटीको तरकारी तथा फलफूल बजारभित्र हुन लागेको हो ।

एसोसिएसनका अध्यक्ष भरतबहादुर विसुरालले नेपालमा रेस्लिङको राम्रो सम्भावना भए पनि खेलाडी उत्पादन हुन नसकेकामा चिन्ता व्यक्त गर्दै यस खेलको विकासका लागि उक्त कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति, व्यवसायी तथा कालीमाटी तरकारी बजार युवा क्लबको सहयोगमा शनिबार साँझ ४ बजे हुने उक्त कार्यक्रममा नौ जना नेपाली खेलाडी प्रतिस्पर्धामा सहभागी हुनेछन् ।

एसोसिएसनका अध्यक्ष विसुराल अन्तर्राष्ट्रिय तहका रेस्लर हुनुहुन्छ । उहाँले २०६० सालदेखि स्वदेश तथा विदेशमा प्रशिक्षणसमेत दिँदै आउनुभएको छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाडौं, १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाले...

जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पायो पूर्णता

तेह्रथुम, ११ कात्तिक । करिव २ वर्षको रिक्ततापछि जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पूर्णता...

दशैंको अवसरमा पोर्तुगलमा मैत्रीपूर्ण भलिबल खेल

केश तमू पोर्तुगल, १४ अक्टोबर । नेपाली एकता समाज, पोर्तुगलको मैत्रीपूर्ण भलिवल खेल प्रतियोगितामा...

नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौ, २४ भदौ । नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ...

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ ५ः३० बजे

  काठमाडौ, २० भदौ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ हुँदैछ...

नेपाल भारतको मैत्रीपूर्ण खेल बराबरीमा सकियो

काठमाडौ, १७ भदौ । नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।...