अनुगमनपछि तारे होटलको कर तय हुने - Naya Online

अनुगमनपछि तारे होटलको कर तय हुने

शर्मिला पाठक


NepalHotels

काठमाडौँ, ३ असार । तारे होटलले कर तिर्नका लागि विवरण लिएर आउन थालेपछि काठमाडौँ महानगरपालिकाले स्थलगत अनुगमन गरेर मात्र होटलको कर तय गर्ने भएको छ ।

धेरै होटलले लामो समयसम्म पनि कर नतिरेको र कामपाको कानुनी प्रक्रियापछि आफ्नो हिसाबले करको विवरण लिएर आएकाले कर तिर्न तयार भएका तारे होटलको स्थलगत निरीक्षणको तयारी गरेको महानगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो ।

कतिपय होटलले कर तिरिसकेका छन्, नतिर्नेका लागि कुन कुन शीर्षकमा कति कति कर तिर्नुपर्छ भन्नेबारे नियममा नै उल्लेख भए पनि होटलअनुसार करको शीर्षक फरक हुने भएकाले कुन कुन शीर्षकमा कर तिर्नुपर्छ भन्नेबारे यकिन जानकारी लिनका लागि कामपाले अनुगमन गर्न लागेको हो ।

अनुगमनपश्चात् सबै तारे होटलको कर तिर्नुपर्ने शीर्षक सहितको यकिन तथ्य पत्ता लगाइने कामपाले विश्वास लिएको छ । होटलको कर तिर्नुपर्ने शीर्षक तथा अवधिलगायतबारे स्थलगत निरीक्षण गरेर मात्र हालसम्मको कर निर्धारण हुने भएकाले अध्ययन गर्न लागिएकोे प्रमुख काफ्लेले बताउनुभयो ।

महानगरका अनुसार होटलले पाहुना बस्ने आवास गृह, भान्छा, स्विमिङ पुल, पार्किङ, मजदुर बस्ने ठाउँ, बगैँचालगायत स्थानको कर तिर्नु पर्दैन । कर नलाग्ने स्थानमा यीबाहेक अन्य प्रयोजनका लागि प्रयोग भएमा त्यसको कर तिर्नुपर्नेछ । कर तिर्नु नपरे पनि करको विवरण भने महानगरलाई बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । होटलको कार्यालय, क्यासिनो रहेको स्थान लगायतको कर तिर्नुपर्छ । कामपाले घरजग्गा, सवारी तथा बहालकरमा कडाइ गरेसँगै तारे होटल करको दायरामा आउनका लागि विवरण लिएर आउन थालेका हुन् ।

कामपाका अनुसार पछिल्लो समय लाजिम्पाटस्थित होटल शङ्करले पनि करको विवरण पेस गरेको छ । पछिल्लो समय हायात, याक एन्ड यति, ¥याडिसन, एभरेस्ट तथा द्वारिका होटल पनि करको दायरामा आएका छन् ।

त्यस्तै, साङ्ग्रिला, मल्ललगायत होटल पनि करको दायरामा आइसकेका छन् । कामपाले कर नतिरेका होटललाई पटकपटक कर तिर्नका लागि पत्र पठाउने, सूचना प्रकाशित गर्ने र त्यति गर्दा पनि नआएमा कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको थियो । मालपोतलाई सम्पत्तिका रुपमा लिइने हुँदा सोको आधारमा कर तिरेका र नतिरेका होटलका आधारमा कर नतिर्ने होटललाई बैंकिङ सुविधाबाट वञ्चित गराउन मालपोत नबुझ्ने गरेको छ ।

होटल सोल्टीले सबै किसिमको कर तिरिसकेको छ भने अन्नपूर्ण होटलले पनि सवारी करबाहेक अन्य सबै शीर्षकका कर तिरिसकेको छ । ठूला होटलले नियमित रुपमा कर बुझाउँदा प्रतिहोटल वार्षिक करिब रु १० लाखदेखि रु १२ लाखसम्म कर उठ्ने बताइएको छ । समयमा कर नबुझाउने होटललाई महानगरपालिकाले स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १६५ (२) बमोजिम चलअचल सम्पत्ति रोक्का गर्ने, नवीकरण नगर्ने, फोहर नउठाउने, व्यापार–व्यवसायमा सिलबन्दी, तालाबन्दी, रोक्का गर्ने तथा महानगरपालिकाअन्तर्गत हुने विभिन्न किसिमका कामको सिफारिस नगर्ने लगायतका कारबाही गर्न सक्नेछ ।

विसं २०७० वैशाख २८ गतेदेखि पर्यटन मन्त्रालयको पर्यटन उद्योग महाशाखा, होटल एसोसिएसन नेपाल र काठमाडौँ महानगरबीच होटललाई कडाइका साथ करको दायरामा ल्याउने सम्झौता भएको थियो । त्यस्ता होटलसँग महानगरले वार्षिकरुपमा व्यवसाय, बहाल, घरजग्गा र सवारी कर उठाउँदै आएको छ । हाल काठमाडौँमा १३ ओटा तारे होटल सञ्चालनमा छन् । सरकारले २०५७ सालदेखि घरजग्गा कर असुलीका लागि निर्देशन दिएसँगै महानगरले होटलको कर उठाउन थालेको हो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अमेरिकी डलर देखाई श्रृङ्खलाबद्ध रुपमा ठगी गर्ने पक्राउ

काठमाडौं, ७ भदौ । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी उपत्यकाका विभिन्न स्थानमा...

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १,...

कोरिया असफल भएपछि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै बिक्रम

नरेन्द्र खापुङ संयम तेह्रथुम, १५ चैत्र । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउपालिका–६ का बिक्रम लिम्बू...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’को प्रदर्शन

फेदेन – लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश...

सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्थाद्वारा सार्वजनिक विदाको अवज्ञा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २५ कात्तिक । कुम्मायक गाउपालिकास्थित यासोक बजारमा सञ्चालित सहारा नेपाल...

नारायणटारमा यति मार्ट सञ्चालनमा

काठमाडौँ, १८ कात्तिक । काठमाडौँको नारायणटारमा यति मार्ट सञ्चालनमा आएको छ । कोभिड १९...

आठ हाईड्रोपावरको लाभांश घोषणा, कस्को कति ?

सागर चेम्जोङ धरान, २४ असोज । नेप्सेमा सूचीकृत भएका ४० हाईड्रोपावर कम्पनीमध्ये ८ वटा...

चौबिसे समाजद्वारा ढाका उद्यमी यमुना तुम्सा सम्मानित

धरान, २६ भदौ । चौबिसे समाज धरानद्वारा चौबिसे सङ्घ ढाका उद्योगका सन्चालिका यमुना तुम्सा...

आफ्ना ग्राहको लागि ‘स्ट्यान्डर टेलर’को वम्पर अफर

काठमाडौ १४ भाद्र । सफल कपडा ब्यवसायीको रूपमा आफ्नो परिचय बनाएका दुर्गालाल प्रधानको अर्को...