‘नेपाल सुरक्षित छ’ वृत्तचित्र निर्माण - Naya Online

‘नेपाल सुरक्षित छ’ वृत्तचित्र निर्माण

Ensu-Rai

काठमाडौँ, ३ असार । भर्खरै उदाउन लागेको सूर्यको रातो किरण हिउँमा पर्दा सुनौलो रङगको हिमाल देखिने सुन्दर दृश्यले जो कोहीलाई पनि लोभ्याउँछ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले केही समय हिमाल आरोहण, पर्यटन क्षेत्रमा समेत अवरोध पु¥यायो । अब नेपाल पर्यटकीय दृष्टिकोणले सुरक्षित छ भन्ने सन्देश दिने उद्देश्यले गायक तथा हिमाल पथप्रदर्शक इन्सु राईले ‘नेपाल सुरक्षित छ’ वृत्तचित्रको निर्माण गरेका छन् ।

सगरमाथावरपर आरोहण गरिरहेको र हिमालको मनमोहक दृश्य समेटेर छायाङ्कन गरिएको उक्त वृत्तचित्र ३ मिनेट ११ सेकेन्डको छ । भूकम्पको ६ महिनापछि राईले मेरा पिकको ६ हजार ४७१ मिटर उचाइमा नेपालमा पर्यटन सुरक्षित छ भन्ने सन्देश दिन ‘लाइभ साङ्गीतिक कन्सर्ट’ समेत गरेका थिए ।

काठमाडौँबाट करिब ७ घन्टाको अवधिमा पुगिने सोलुखुम्बु र ओखलढुङ्गाको सिमानामा रहेको सुन्दर पत्ताले डाँडाको मनोरम दृश्य समेत उक्त वृत्तचित्रमा देख्न सकिन्छ । उक्त पत्ताले डाँडाको उचाइ तीन हजार २०० मिटर छ । त्यहाँबाट सगरमाथा, मकालु, ल्होत्सेलगायत विभिन्न हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिने जानकारी दिँदै गायक राईले पत्तालेडाँडा नयाँ पर्यटकीय क्षेत्र बन्न सक्ने बताउनुभयो ।

वृत्तचित्रको निर्देशन, उद्घोषण, तथा छायाङ्कन राई आफैँले गरेका छन् भने त्यसमा रहेको गीतमा उनलाई गायिका इन्दिरा जोशीले साथ दिएकी छिन् । अनिलकुमार महर्जनले सम्पादन गरेको उक्त वृत्तचित्रमा माउन्टेनियरिङ कल्चर एक्सपिडिसन नेपालको प्रस्तुति रहेको छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

काठमाडौं, १८ भदौं । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

छोरीको जन्मदिनमा बाबु–छोरीकै पुस्तक विमोचन

काठमाडौं, १० भदौं । भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ...

लिम्बु संस्कृतिको सौन्दर्य र मौलिक स्वाद ‘सत्र थुम’

प्रकाश दिप्साली राई कोरोना कहरको मध्ये लकडाउनले अन्य क्षेत्रहरूलाई जस्तै सङ्गीतलाई पनि थिलथिलो बनाइदियो...