‘नेपाल सुरक्षित छ’ वृत्तचित्र निर्माण - Naya Online

‘नेपाल सुरक्षित छ’ वृत्तचित्र निर्माण

Ensu-Rai

काठमाडौँ, ३ असार । भर्खरै उदाउन लागेको सूर्यको रातो किरण हिउँमा पर्दा सुनौलो रङगको हिमाल देखिने सुन्दर दृश्यले जो कोहीलाई पनि लोभ्याउँछ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले केही समय हिमाल आरोहण, पर्यटन क्षेत्रमा समेत अवरोध पु¥यायो । अब नेपाल पर्यटकीय दृष्टिकोणले सुरक्षित छ भन्ने सन्देश दिने उद्देश्यले गायक तथा हिमाल पथप्रदर्शक इन्सु राईले ‘नेपाल सुरक्षित छ’ वृत्तचित्रको निर्माण गरेका छन् ।

सगरमाथावरपर आरोहण गरिरहेको र हिमालको मनमोहक दृश्य समेटेर छायाङ्कन गरिएको उक्त वृत्तचित्र ३ मिनेट ११ सेकेन्डको छ । भूकम्पको ६ महिनापछि राईले मेरा पिकको ६ हजार ४७१ मिटर उचाइमा नेपालमा पर्यटन सुरक्षित छ भन्ने सन्देश दिन ‘लाइभ साङ्गीतिक कन्सर्ट’ समेत गरेका थिए ।

काठमाडौँबाट करिब ७ घन्टाको अवधिमा पुगिने सोलुखुम्बु र ओखलढुङ्गाको सिमानामा रहेको सुन्दर पत्ताले डाँडाको मनोरम दृश्य समेत उक्त वृत्तचित्रमा देख्न सकिन्छ । उक्त पत्ताले डाँडाको उचाइ तीन हजार २०० मिटर छ । त्यहाँबाट सगरमाथा, मकालु, ल्होत्सेलगायत विभिन्न हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिने जानकारी दिँदै गायक राईले पत्तालेडाँडा नयाँ पर्यटकीय क्षेत्र बन्न सक्ने बताउनुभयो ।

वृत्तचित्रको निर्देशन, उद्घोषण, तथा छायाङ्कन राई आफैँले गरेका छन् भने त्यसमा रहेको गीतमा उनलाई गायिका इन्दिरा जोशीले साथ दिएकी छिन् । अनिलकुमार महर्जनले सम्पादन गरेको उक्त वृत्तचित्रमा माउन्टेनियरिङ कल्चर एक्सपिडिसन नेपालको प्रस्तुति रहेको छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक...

चलचित्र चे हङकङमा प्रदर्शन हुने

काठमाडौँ  – चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुनेभएको छ | १७ अगष्ठ २०२५ आइतबार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

बबिना भट्टराईको स्वर संगीत तथा शब्दमा ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक

काठमाडौः बबिना भट्टराईको स्वर, संगीत तथा शब्दमा सुमधुर एवं मार्मिक गीत ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक...

अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक

काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

‘कोइली बनैमा’ गीत सार्वजनिक

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर...

फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि

काठमाडौं । फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुँदैछ...