नेपाल र भारतका अधिकारीबीच सीमास्तम्भबारे छलफल - Naya Online

नेपाल र भारतका अधिकारीबीच सीमास्तम्भबारे छलफल

Flag-Pins-India-Nepal_1रत्ननगर (चितवन), ३ असार । नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमास्तम्भबारे छलफल भएको छ । सीमास्तम्भको फिल्ड सर्भे टोलीले अहिलेसम्म गरेको उपलब्धिबारे समीक्षा गरी सीमाको व्यवस्थापनका विषयमा अधिकारीबीच छलफल भएको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिनुभयो ।

भारतको वेतियामा बिहीबार भएको छलफलमा सीमास्तम्भ मर्मत, निर्माण र सीमा क्षेत्रको विषयमा गम्भीर छलफल भएको उहाँले बताउनुभयो । छलफल पछि टोली बिहीबार नै फर्किएको छ । “मुख्यगरी अहिलेसम्म सर्भे टोलीले गरेका उपलब्धिबारे गम्भीर छलफल भयो”, सिंहले भन्नुभयो, “खोलामा परेका क्षेत्रबाहेक अधिकांशका सीमास्तम्भ मर्मत भएको पाइएको छ ।”

उक्त छलफलमा सीमा जोडिएको जिल्लाका प्रजिअ र सुरक्षा प्रमुख, निकुञ्ज तथा वनका अधिकारी एवम् भारतको पूर्वी र पश्चिम चम्पारनका अधिकारीको सहभागिता रहेको थियो ।

नेपालको बारा, पर्सा र चितवनका प्रजिअ सहितका सुरक्षा अधिकारी छलफलमा सहभागी भएको चितवनका प्रहरी प्रमुख वसन्त कुँवरले बताउनुभयो । अहिलेसम्म गरेको कामको प्रजिअ र सुरक्षा अधिकारीस्तरको टोलीले समीक्षा गरेपछि मात्रै माथिल्लो निकायमा प्रतिवेदन पेस गरिनेछ । दुई देशका नापी विभागका अधिकारी सम्मिलित सर्भे टोलीले गएको वर्षदेखि सीमास्तम्भको सर्भे गरिरहेको छ ।

नेपाल भारतको सीमामा एक हजार ६०० भन्दा बढी सीमास्तम्भ छन् । चितवनमा २७ वटा पिल्लर छन् । टोलीले जिल्लामा चारवटा पिल्लर मर्मत गरेको जनाइएको छ । केही स्थानमा र खोलामा हराएका सीमास्तम्भ बनाउन बाँकी रहेको सो क्षेत्रको सीमाको विषयमा भने माथिल्लो निकायबाटै छलफल गर्ने गरी बैठक सकिएको प्रजिअ सिंहले बताउनुभयो ।

उहाँका अनुसार अन्य क्षेत्रका भाँचिएका र हराएका पिल्लर बनेको सर्भे टोलीले प्रतिवेदन दिएको छ । जमिन यताको उता र उताको यता परेको भन्ने विषयमा माथिल्लो निकायमा छलफल हुने सिंहले बताउनुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...