नेपाल र भारतका अधिकारीबीच सीमास्तम्भबारे छलफल - Naya Online

नेपाल र भारतका अधिकारीबीच सीमास्तम्भबारे छलफल

Flag-Pins-India-Nepal_1रत्ननगर (चितवन), ३ असार । नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमास्तम्भबारे छलफल भएको छ । सीमास्तम्भको फिल्ड सर्भे टोलीले अहिलेसम्म गरेको उपलब्धिबारे समीक्षा गरी सीमाको व्यवस्थापनका विषयमा अधिकारीबीच छलफल भएको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिनुभयो ।

भारतको वेतियामा बिहीबार भएको छलफलमा सीमास्तम्भ मर्मत, निर्माण र सीमा क्षेत्रको विषयमा गम्भीर छलफल भएको उहाँले बताउनुभयो । छलफल पछि टोली बिहीबार नै फर्किएको छ । “मुख्यगरी अहिलेसम्म सर्भे टोलीले गरेका उपलब्धिबारे गम्भीर छलफल भयो”, सिंहले भन्नुभयो, “खोलामा परेका क्षेत्रबाहेक अधिकांशका सीमास्तम्भ मर्मत भएको पाइएको छ ।”

उक्त छलफलमा सीमा जोडिएको जिल्लाका प्रजिअ र सुरक्षा प्रमुख, निकुञ्ज तथा वनका अधिकारी एवम् भारतको पूर्वी र पश्चिम चम्पारनका अधिकारीको सहभागिता रहेको थियो ।

नेपालको बारा, पर्सा र चितवनका प्रजिअ सहितका सुरक्षा अधिकारी छलफलमा सहभागी भएको चितवनका प्रहरी प्रमुख वसन्त कुँवरले बताउनुभयो । अहिलेसम्म गरेको कामको प्रजिअ र सुरक्षा अधिकारीस्तरको टोलीले समीक्षा गरेपछि मात्रै माथिल्लो निकायमा प्रतिवेदन पेस गरिनेछ । दुई देशका नापी विभागका अधिकारी सम्मिलित सर्भे टोलीले गएको वर्षदेखि सीमास्तम्भको सर्भे गरिरहेको छ ।

नेपाल भारतको सीमामा एक हजार ६०० भन्दा बढी सीमास्तम्भ छन् । चितवनमा २७ वटा पिल्लर छन् । टोलीले जिल्लामा चारवटा पिल्लर मर्मत गरेको जनाइएको छ । केही स्थानमा र खोलामा हराएका सीमास्तम्भ बनाउन बाँकी रहेको सो क्षेत्रको सीमाको विषयमा भने माथिल्लो निकायबाटै छलफल गर्ने गरी बैठक सकिएको प्रजिअ सिंहले बताउनुभयो ।

उहाँका अनुसार अन्य क्षेत्रका भाँचिएका र हराएका पिल्लर बनेको सर्भे टोलीले प्रतिवेदन दिएको छ । जमिन यताको उता र उताको यता परेको भन्ने विषयमा माथिल्लो निकायमा छलफल हुने सिंहले बताउनुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...