गोपनीयता नहुँदा उजुरी दिन डराउँछन् - Naya Online

गोपनीयता नहुँदा उजुरी दिन डराउँछन्

कञ्चनपुर, ३ असार । गोपनीयता कायम नहुँदा सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका सुदूरपश्चिमका बेपत्ताका परिवार उजुरी दिन डराउने गरेका छन् ।
satya-niruparn-aayog

सङ्क्रमणकालीन न्याय र सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा रहेका कानुन सम्बन्धी बिहीबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित सुदूरपश्चिमाञ्चलस्तरीय छलफल कार्यक्रमका सहभागीले उजुरी हाल्ने पीडितको नाम नै जिम्मेवार निकायबाट सार्वजनिक गरिन थालेपछि धेरै पीडित परिवारले उजुरी नदिएको धारणा व्यक्त गर्नुभएको छ ।

गोपनीयता भङ्ग हुन थालेपछि पीडकले डर, धम्की र त्रास देखाउन थालेपछि कैयौँ परिवार उजुरी दिन नआएको न्यायका लागि द्वन्द्वपीडित समाज कञ्चनपुरका अध्यक्ष धर्मसिंह चौधरीले बताउनुभयो । द्वन्द्वका क्रममा भएका जघन्य मानवअधिकार उल्लङ्घनका घटनाका रुपमा रहेका हत्या, बलात्कार, यौनहिंसा, बेपत्ता लगायतका अक्षम्य कार्य गर्ने उम्कने सम्भावना रहेको धारणा उहाँले व्यक्त गर्नुभयो ।

“सत्यनिरुपण तथा मेलमिलाप आयोगप्रति पीडित परिवारको विश्वास नहँुदा नै उजुरी दिनबाट वञ्चित रहेका छन्”, उहाँले भन्नुभयो । सत्ता र शक्तिमा रहेका व्यक्ति बीचको लडाइँले द्वन्द्व सृजना हुँदा मानवअधिकार उल्लङ्घन भएको उल्लेख गर्दै एडभोकेसी फोरम मध्यमाञ्चलका प्रमुख वसन्त गौतमले द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, पुनःस्थापना र न्याय दिइनुपर्ने बताउनुभयो ।

कतिपय पीडित परिवारलाई उजुरी कहाँ दिनुपर्छ भन्ने समेत थाहा नभएको उहाँले भन्नुभयो, “सूचनाको अभावमा आयोगमा उजुरी दिनबाट धेरै छुटेका छन् ।” पीडितपरिवारले न्याय पाउनका लागि निरन्तर लडेमा लक्ष्यमा पुग्न सकिने अधिवक्ता रुक्मनी महर्जनले बताउनुभयो । मानव अधिकारकर्मी कोमलनिरञ्जन भाटले आयोगले द्वन्द्वका घटना छानबिन गरी पीडकलाई कारबाहीका लागि सिफारिस गर्नुपर्नेमा जोड दिनुभयो ।

मेलमिलापमै द्वन्द्वका घटना टुङ्ग्याइएमा समाजमा झनै द्वन्द्व निम्तिन सक्ने उहाँले उल्लेख गर्नुभयो । बेपत्ता परिवारका हिरा भण्डारीले उजुरी दिनका लागि छुट्टै कोठाको व्यवस्था गरिनुपर्ने भए पनि सामूहिक रुपमै उजुरी दिनका लागि फाराम भर्दा सूचना चुहावट भई पीडकसम्म पुग्ने गरेकाले समस्या रहेको बताउनुभयो ।

स्थानिय शान्ति समितिमार्फत बेपत्ता एक हजार ४६८ जनाका परिवारले उजुरी दिएका छन् । द्वन्द्वका क्रममा यहाँका ३०७ जनाको हत्या भएको थियो । विस्थापित १८९, सम्पत्ति क्षति ११४ र सवारीसाधन क्षति १२ भएको थियो । यसैगरी, थुनामा ९६, घाइते १२, अङ्गभङ्ग ५० र अपहरण आठ जनाको भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...