गोपनीयता नहुँदा उजुरी दिन डराउँछन् - Naya Online

गोपनीयता नहुँदा उजुरी दिन डराउँछन्

कञ्चनपुर, ३ असार । गोपनीयता कायम नहुँदा सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका सुदूरपश्चिमका बेपत्ताका परिवार उजुरी दिन डराउने गरेका छन् ।
satya-niruparn-aayog

सङ्क्रमणकालीन न्याय र सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा रहेका कानुन सम्बन्धी बिहीबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित सुदूरपश्चिमाञ्चलस्तरीय छलफल कार्यक्रमका सहभागीले उजुरी हाल्ने पीडितको नाम नै जिम्मेवार निकायबाट सार्वजनिक गरिन थालेपछि धेरै पीडित परिवारले उजुरी नदिएको धारणा व्यक्त गर्नुभएको छ ।

गोपनीयता भङ्ग हुन थालेपछि पीडकले डर, धम्की र त्रास देखाउन थालेपछि कैयौँ परिवार उजुरी दिन नआएको न्यायका लागि द्वन्द्वपीडित समाज कञ्चनपुरका अध्यक्ष धर्मसिंह चौधरीले बताउनुभयो । द्वन्द्वका क्रममा भएका जघन्य मानवअधिकार उल्लङ्घनका घटनाका रुपमा रहेका हत्या, बलात्कार, यौनहिंसा, बेपत्ता लगायतका अक्षम्य कार्य गर्ने उम्कने सम्भावना रहेको धारणा उहाँले व्यक्त गर्नुभयो ।

“सत्यनिरुपण तथा मेलमिलाप आयोगप्रति पीडित परिवारको विश्वास नहँुदा नै उजुरी दिनबाट वञ्चित रहेका छन्”, उहाँले भन्नुभयो । सत्ता र शक्तिमा रहेका व्यक्ति बीचको लडाइँले द्वन्द्व सृजना हुँदा मानवअधिकार उल्लङ्घन भएको उल्लेख गर्दै एडभोकेसी फोरम मध्यमाञ्चलका प्रमुख वसन्त गौतमले द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, पुनःस्थापना र न्याय दिइनुपर्ने बताउनुभयो ।

कतिपय पीडित परिवारलाई उजुरी कहाँ दिनुपर्छ भन्ने समेत थाहा नभएको उहाँले भन्नुभयो, “सूचनाको अभावमा आयोगमा उजुरी दिनबाट धेरै छुटेका छन् ।” पीडितपरिवारले न्याय पाउनका लागि निरन्तर लडेमा लक्ष्यमा पुग्न सकिने अधिवक्ता रुक्मनी महर्जनले बताउनुभयो । मानव अधिकारकर्मी कोमलनिरञ्जन भाटले आयोगले द्वन्द्वका घटना छानबिन गरी पीडकलाई कारबाहीका लागि सिफारिस गर्नुपर्नेमा जोड दिनुभयो ।

मेलमिलापमै द्वन्द्वका घटना टुङ्ग्याइएमा समाजमा झनै द्वन्द्व निम्तिन सक्ने उहाँले उल्लेख गर्नुभयो । बेपत्ता परिवारका हिरा भण्डारीले उजुरी दिनका लागि छुट्टै कोठाको व्यवस्था गरिनुपर्ने भए पनि सामूहिक रुपमै उजुरी दिनका लागि फाराम भर्दा सूचना चुहावट भई पीडकसम्म पुग्ने गरेकाले समस्या रहेको बताउनुभयो ।

स्थानिय शान्ति समितिमार्फत बेपत्ता एक हजार ४६८ जनाका परिवारले उजुरी दिएका छन् । द्वन्द्वका क्रममा यहाँका ३०७ जनाको हत्या भएको थियो । विस्थापित १८९, सम्पत्ति क्षति ११४ र सवारीसाधन क्षति १२ भएको थियो । यसैगरी, थुनामा ९६, घाइते १२, अङ्गभङ्ग ५० र अपहरण आठ जनाको भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...