धम्क्याउँदै रकम असुल्ने पक्राउ - Naya Online

धम्क्याउँदै रकम असुल्ने पक्राउ

सुरुङ्गा (झापा), ३ असार । म्याद गुज्रिएको औषधि बिक्री गरेको भन्दै मेडिकल सञ्चालकलाई धम्क्याउँदै रकम असुलेको आरोपमा झापाको भद्रपुरबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–७ निवासी ५० वर्षीय उपेन्द्र ठाकुर र उनका भाइ ४१ वर्षीय धर्मकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार भद्रपुर नगरपालिका–८ निवासी टीका सापकोटाले सञ्चालन गरेको सृजना मेडिकल हलबाट जेठ २६ गते औषधि किनेको र उक्त औषधि म्याद गुज्रिएको भन्दै ठाकुरद्वयले टीका सापकोटा र उनकी श्रीमतीबाट पटक÷पटक गरी ७० हजार रुपैयाँ लिएका थिए ।

औषधि भद्रपुर नगरपालिका–६ निवासी जीवन साहले खरिद गरे पनि उनीहरुले उक्त औषधिको खरिदको विषयमा सापकोटालाई दबाबमा पारेर रकम असुलेको प्रहरीले जनाएको छ ।

प्रहरी र पत्रकारलाई मिलाउनुपर्छ भन्दै उनीहरुले सापकोटाबाट सुरुमा ५० हजार लिएको र पछि उनकी श्रीमतीबाट पुन २० हजार रुपैयाँ लिएको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो । पक्राउ परेका ठाकुरद्वयलाई बिहीबार सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...