सम्बन्धविच्छेदका मुद्दा बढे - Naya Online

सम्बन्धविच्छेदका मुद्दा बढे

divorceइलाम, २ असार । इलाममा पछिल्लो समयको तुलनामा सम्बन्धविच्छेदका घटना बढ्न थालेका छन् । वैदेशिक रोजगारी, अन्तर्जातीय विवाहलगायतका कारण श्रीमान् र श्रीमतीबीच सम्बन्धविच्छेद बढ्दै गइरहेको हो ।

जिल्ला अदालत इलाममा चालु आवको ११ महिनामा एक सय ३० वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा सोही अवधिमा ६७ वटा मुद्दा फैसला भएका छन् ।

गत आव ०७१÷७२ मा एक सय ४७ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । यस्तै आव ०६९÷७० मा सम्बन्धविच्छेदका ८५ वटा र आव ०६८÷६९ मा ६३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले बताउनुभयो ।

सम्बन्धविच्छेद गर्ने अधिकांशले सम्पत्तिको दाबी पनि रकममै गर्न थालेको र थोरै महिलाले मात्र अंश दाबी गरेर मुद्दाको छिनोफानो हुने गरेको पाइएको छ ।

मुलुकी ऐन १०औँ संशोधन–०५९ ले महिलालाई श्रीमान्सरह मूल अंशियारको व्यवस्था गरेपछि सम्बन्धविच्छेद गर्ने महिलाले अंश दाबी गर्दै आएका हुन् । सम्बन्धविच्छेद गर्नेहरूको अवस्था अध्ययन गर्दा घरेलु हिंसाबाट पीडित महिला सम्बन्धविच्छेदका लागि धेरै आउने गरेका छन् ।

सम्बन्धविच्छेदपछि केही महिला बच्चासहित माइतीमै बस्ने गरेको पाइन्छ भने केही विदेशसमेत जाने गरेको पाइएको छ । प्रायःजसो बच्चा भएका महिलाले अंश दाबी गर्ने र बच्चा नभएका महिलाले रकम नै लैजाने गरेको पाइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि...

चलचित्र ‘के२’ को छायांकन सम्पन्न

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा...

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...