छोरीको जन्मदर घट्दै गएकोप्रति सरोकारवालाको चिन्ता - Naya Online

छोरीको जन्मदर घट्दै गएकोप्रति सरोकारवालाको चिन्ता

xoriभक्तपुर, २ असार । समाजमा छोरीको जन्मदर घट्दै गइरहेकोप्रति सरोकार भएकाले चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले समाजमा लिङ्ग पहिचान गरी गर्भपतन समेत भइरहेकाले त्यसको रोकथामका लागि कडा कानुनी व्यवस्था हुनुपर्नेमा समेत जोड दिएका छन् ।

नेपाल बालमजदुर सरोकार केन्द्र (सिविन)द्धारा भक्तपुरमा सञ्चालित ‘बाधा तोडौँ ः शिशु बालिकाको अधिकार संरक्षण गरौँ’ परियोजनामा नागरिक सञ्जालको प्रभावकारिता र बाल संरक्षणसम्बन्धी संयन्त्रको सुदृढीकरण विषयमा बुधबार आयोजित अन्तक्र्रिया कार्यक्रमका सहभागीले शिक्षित र सभ्य मानिएका व्यक्तिबाट नै गर्भपतन गराउने प्रवृत्ति वृद्धि भएकोमा चिन्ताको विषय बनेको बताए ।

कार्यक्रममा सिविनका कार्यक्रम व्यवस्थापक ध्रुव गौतमले सामान्यतयाः १०० बालकको जन्म हुँदा १०६ बालिका जन्मनुपर्नेमा भक्तपुरको एक नगरपालिकाको एउटा वडामा गरिएको सर्वेक्षणमा ४६ वटा सुत्केरीका घटनामा १६ बालिकाको जन्म भएको पाइएको जानकारी दिनुभयो । उहाँले समाजमा छोरी जन्मेकै कारण अझै पनि आमा अपहेलित हुनुपर्ने अवस्था भएकाले छोरीको जन्मदर घट्दै गइरहेको बताउनुभयो ।

नागरिक सञ्जालका संयोजक विष्णु बास्तोलाले छोरा मात्र जन्माउँदा बुहारी कहाँबाट ल्याउँछौँ भन्ने ज्ञान अभिभावकलाई दिनसके छोरीको जन्मदर बढ्न सक्ने धारणा राख्नुभयो । उहाँले छोरी मात्र जन्माएर बसेका समाजका अभिभावकलाई सम्मान गर्ने परिपाटी सरकारीस्तरबाटै हुनुपर्ने सुझाव दिँदै त्यसो हुनसके छोरी जन्माउने आमा अपहेलित हुने क्रम बन्द हुन सक्ने उल्लेख गर्नु भयो ।

महिला स्वास्थ्य स्वयम्सेविका यशोदा कार्कीले सहजै भ्रुमको लिङ्ग पहिचान गर्न सकिने व्यवस्था भएकाले पनि गर्भपतनका घटना वृद्धि भइरहेको बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाको बालसंरक्षण समन्वय समितिका संयोजक राजु खत्रीले चिकित्सक नैतिक जिम्मेवार हुन नसक्दा लिङ्ग पहिचान गरी गर्भपतन गराउने प्रवृत्ति विकसित भएको धारणा राख्नु भयो ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले कानुनले लिङ्ग पहिचान गरी गर्भपतन गराउने कार्यलाई पूर्णरुपमा दण्डित गरेको उल्लेख गर्दै त्यस्ता घटना प्रहरीसमक्ष जानकारी गराउन नागरिक समाजलाई आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी तेजप्रकाश पौडेलले सामाजिक परम्परासँग जेलिएको समस्या भएकाले एकै पटक समाधान नहुने बताउँदै यसको न्यूनीकरणका लागि सामाजिक जनचेतना सँगसँगै कानुनी प्रावधानका बारेमा जानकारी गराउँदै लानुपर्ने बताउनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...