चितवन, ३२ जेठ । पश्चिम चितवनमा गैँडाको आक्रमणबाट आज बिहान एक महिला गम्भीर घाइते भएकी छन् ।
चित्रवन नगरपालिका वडा नं ११ गाँजीपुर जङ्गलभित्र घाँस काट्ने क्रममा सोही स्थान बस्ने २८ वर्षीया नरमाया मगरलाई गैँडाले ८ः३० बजे आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएकी मगरको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।