इजरायली चलचित्र महोत्सवमा ‘गोर्खाज डटर इन इजरायल’ - Naya Online

इजरायली चलचित्र महोत्सवमा ‘गोर्खाज डटर इन इजरायल’

gurkhas doughterकाठमाडौँ, ३१ जेठ । दसौँ इजरायली चलचित्र महोत्सव आगामी असार ९ र १० गते स्थानीय रुसी सांस्कृतिक केन्द्रमा हुने भएको छ ।

इजरायलको ६८औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल फिल्म सोसाइटी र इजरायली राजदूतावासको आयोजनामा हुने महोत्सवमा स्वदेशी र अन्तर्राष्ट्रिय पुरस्कार जितेका छ चलचित्र प्रदर्शन गरिनेछन् ।

प्रदर्शनीमा आउने चलचित्रमा ‘फिल द भ्वाइड’ (खालीपन भर), ‘ब्यान्डस् भिजिट’ (ब्यान्डको भ्रमण), ‘फरेन सिस्टर’ (विदेशी चेली) र ‘द डिस्ट्यान्स्’ (दूरी) तथा वृत्तचित्रमा ‘डल्फिन ब्वाइ’ (डल्फिन केटो) र ‘गोर्खाज डटर इन इजरायल’ (इजरायलमा गोर्खालीकी छोरी) छन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा इजरायली चलचित्र निर्माता तथा निर्देशक डान वोलम्यानले इजरायल आप्रवासीको देश भएकाले त्यहाँ विविधता रहेको जानकारी दिँदै चलचित्र हेरेर विश्वमै यहुदी बाहुल्य एक मात्र समाज र संसारकै पुरानामध्येको एक हिब्रु भाषाबारे ज्ञान लिन सकिने बताउनुभयो ।

भर्खरै सम्पन्न मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भाग लिन आउनुभएका उहाँले ‘छाया’, ‘कालो पोथी’लगायत केही चलचित्र हेरेको बताउँदै यहाँको विविधतायुक्त समाजबाट आफू प्रभावित भएको बताउनुभयो ।

महोत्सवमा प्रदर्शन गरिनेमध्ये दुई चलचित्र ‘फरेन सिस्टर’ र ‘द डिस्ट्यान्स्’ निर्देशक बोलम्यानले निर्माण गरेका चलचित्र हुन् । त्यस्तै, ‘गोर्खाज डटर इन इजरायल’ त्यहीँका चलचित्रकर्मीद्वारा इजरायलमा काम गर्ने नेपाली दिदीबहिनीका बारेमा निर्माण गरिएको वृत्तचित्र हो । इजरायलमा रोजगारीका लागि जानुअघि यो चलचित्र हेरेमा फाइदा हुने बताइएको छ ।

फिल्म सोसाइटीका अध्यक्ष तथा कलाकार कृष्ण मल्लले विगतमा इजरायलमा थोरै लगानीमा पनि राम्रा चलचित्र बन्ने गरेको बताउँदै सोबाट नेपाली चलचित्र उद्योगले प्रेरणा लिनुपर्ने धारणा राख्नुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

काठमाडौं, १८ भदौं । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

छोरीको जन्मदिनमा बाबु–छोरीकै पुस्तक विमोचन

काठमाडौं, १० भदौं । भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ...

लिम्बु संस्कृतिको सौन्दर्य र मौलिक स्वाद ‘सत्र थुम’

प्रकाश दिप्साली राई कोरोना कहरको मध्ये लकडाउनले अन्य क्षेत्रहरूलाई जस्तै सङ्गीतलाई पनि थिलथिलो बनाइदियो...