बन्दी बनाइएका नेपालीलाई मानसिक यातना - Naya Online

बन्दी बनाइएका नेपालीलाई मानसिक यातना

जनकपुरधाम, ३१ जेठ । धार्मिक आस्थाका कारण भारतको हिसार (हरियाणा) सतलोक आश्रमबाट डेढ वर्षअघि पक्राउ गरी हिरासतमा राखिएका नेपाली श्रद्धालुलाई भारतीय प्रहरीले आतङ्कवादी भन्दै मानसिक यातना दिइरहेको पाइएको छ ।
पूर्णब्रह्म कवीर उपासक समाजद्वारा आज यहाँ आयाोजित पत्रकार सम्मेलनमा जमानतमा रिहा भएका श्रद्धालुले उक्त जानकारी दिए । हिरासतमा राखिएकालाई निर्वस्त्र पारी कुटपिट गर्नाका साथै आफूहरुसँग रहेका रूपैयाँ, घडी र सुनको सिक्री समेत लुटिएको उनीहरुले बताए । विसं २०७१ कात्तिकदेखि मङ्सिर २ गतेसम्म सतलोक आश्रममा भएको प्रहरी कारबाहीमा २४ नेपाली श्रद्धालुलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेकामध्ये सुनसरीका मुकेश कार्की, भक्तपुरका उमराज ढकाल, धनुषाका गणेश महतो, सन्तोष साह, रामचन्द्र यादव र अन्जारूल मियाँ, महोत्तरीका शिवपूजन साह, सिरहाका रामसोगारथ महतो, राजेन्द्र सादा, शिवचन्द्र यादव, भूप सिंह र उपेन्द्रप्रसाद सिंह, पाँचथरका गणेश गिरी, रौतहटका दिनेश महतो र उमेश महतो तथा कञ्चनपुरका सुरेश भट्टलाई केही महिना हिरासतमा राखेपछि कुनै कसुर प्रमाणित नभए पनि अदालतले भारु एक लाख जमानत ठहर गरेको समाजका अध्यक्ष केशवप्रसादले बताउनुभयो ।

सुनसरीका लक्ष्मण बस्नेत, धनुषाका ईश्वर श्रेष्ठ, काठमाडौँका राजकुमार गिरी, बर्दियाका नन्दराम खैराहा, कञ्चनपुरका योगेन्द्र चन्द, मोरङका सुरेश राई, सिरहाका विजय साह र विनोद यादव हिरासतमै राखी राजद्रोही मुद्दा लगाउने षड्यन्त्र

उहाँले सुनसरीका लक्ष्मण बस्नेत, धनुषाका ईश्वर श्रेष्ठ, काठमाडौँका राजकुमार गिरी, बर्दियाका नन्दराम खैराहा, कञ्चनपुरका योगेन्द्र चन्द, मोरङका सुरेश राई, सिरहाका विजय साह र विनोद यादव हिरासतमै राखी राजद्रोही मुद्दा लगाउने षड्यन्त्र भइरहेको आरोप लगाउनुभयो । उनीहरुलाई भारतीय कारागारमा हिरासतमा राखी चरम यातना दिने कार्य भइरहेकाले रिहाइको पहल गरिदिन पीडित परिवारजनले नेपाल सरकारसँग आग्रह पनि गरेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...