राजविराज, ३१ जेठ । सप्तरीबाट रोजगारीका लागि पञ्जाव गएका एक नेपाली भारतको नयाँ दिल्लीबाट बेपत्ता भएका छन् ।
सप्तरीको पातो गाविस–१ निवासी ३५ वर्षीय राजु मण्डल आफ्नै गाउँकै साथीसँग रोजगारीको सिलसिलामा पञ्जाव जाने क्रममा भारतको नयाँ दिल्लीस्थित ट्रेनको प्लेटफार्म–५ बाट बेपत्ता भएको उनका परिवारजनले जनाएको छ ।
भाइ बलिया मण्डलका अनुसार दुई दिनअगाडि घरबाट हिँडेको दाइ दिल्ली पुगेपछि सम्पर्कविहीन भएको जानकारी दिनुभयो । मण्डल बेपत्ता भएपछि उनको परिवारमा अहिले रुवावासी छ ।
यसैबीच, बेपत्ता भएका आफ्ना दाइलाई भारतबाट खोजी गरी नेपाल फर्काई दिन हुन भाइ बलियाले नेपाल सरकारसँग आग्रह गर्नुभएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।