वार्ताका लागि मधेसवादी दललाई अपिल - Naya Online

वार्ताका लागि मधेसवादी दललाई अपिल

wartaaकाठमाडौँ, ३१ जेठ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले आन्दोलन छाडेर वार्तामा आउन मधेसवादी दलसँग आग्रह गर्नुभएको छ ।

रिपोटर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा वार्ताका लागि सरकारले आज मात्रै सङ्घीय गठबन्धनलाई औपचारिक पत्र पठाएको बताउँदै नेकपा (एमाले) नेता समेत रहनुभएका रिमालले मधेसी समुदायको विषयलाई वार्ता र संवादमार्फत समाधान गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो ।

‘कुनै पूर्वाग्रह नराखी वार्ताका लागि प्रधानमन्त्रीले पटकपटक पत्र पठाउनुभएको छ, तर उहाँहरू (मधेसी दल) वार्ताका लागि तयार हुनुहुन्न, सरकार मेधसी दलसँग दुरी बढाउन चाहँदैन । त्यसैले ठोस वार्ताका लागि अपिल गर्दछु’–उहाँले भन्नुभयो ।

मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले वार्ताका लागि सरकारले पछिल्लोपटक पठाएको पत्र सकारात्मक भए पनि सरकारले वार्ताका लागि विश्वासको वातावरण सिर्जना गर्नपर्ने बताउनुभयो ।

सङ्घीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले मधेसवादी दल वार्ताको विरोधी होइन, तर सरकारले वार्ताको नाममा खेलाँची गरिरहेको छ भन्नुभयो ।

तराई–मधेस लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष जितेन्द्र सोनलले दुई तिहाई बहुमतले संविधान संशोधन गर्न तयार भएको खण्डमा मात्र मधेसी मोर्चा वार्तामा बस्ने स्पष्ट पार्नुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...