छोरो आउने आशमा नरमाया - Naya Online

छोरो आउने आशमा नरमाया

काँकडभिट्टा (झापा), ३१ जेठ । ‘कहाँ छ त्यो कहिले आउँछ ?’ प्रायः गोलधाप–७ घर भएकी ६१ वर्षीया नरमाया चम्लागार्इंकहाँ पुग्ने जो कोहीलाई उनी यस्तै प्रश्न गर्छिन् । टोलाएर दिन बिताउने नरमायालाई कहिलेकाहीँ राति पनि ‘आमा’ भनेर छोराले बोलाए जस्तो लागेर घर वरिपरि खोज्ने गरेको सुनाउँछिन् ।

विपन्न परिवारका नरमायाका जेठा छोरा राजेन्द्र चम्लागार्इंलाई हातमुख जोड्नका लागि काठमाडौँको एक फर्निचर कम्पनीमा काम गर्दै गरेको अवस्थामा २०६१ साउन ४ गते तत्कालीन शाही सेनाले लगेर बेपत्ता पारेको थियो । तर, उनको अवस्था अझै अज्ञात छ अर्थात् उनी बेपत्ताको सूचीमा नै छन् ।

अझै छोरो आउने आश मारेकी छैनन् आमा नरमायाले । ‘त्यो कहाँ छ कहिले आउँछ ?’ गहभरि आँसु पार्दै नरमायाले भनिन् – “मेरो छोरा एक दिन आउँछ भन्ने लाग्छ ।”

राजेन्द्र मात्र होइन, गोलधापकै खड्ग मोक्तानको पनि अवस्था थाहा छैन । उनकी आमा सञ्चमायाले भने छोरो आउने आश मारिसकेकी छन् । “मेरो छोरोलाई जसरी मारे त्यसरी नै ती अपराधीलाई मार्नुपर्छ”–उनी आक्रोश पोख्छिन् । उनले दोषीलाई कारबाही नभएसम्म न्यायको अनुभूति गर्न नसकिने बताइन् ।

विसं २०५२ देखि २०६२ सम्म मुलुक द्वन्द्वकोे चपेटामा परेको थियो । परिवर्तनका खातिर नेकपा माओवादीले हतियार उठाएपछि त्यसको प्रतिकारमा सरकार उत्रियो । सत्तापक्ष र विद्रोहीबीचको द्वन्द्वमा करिब १७ हजारले ज्यान गुमाए । हजारौँ बेपत्ता भए । त्यही द्वन्द्वले कैयौँ नेपाली आमाका काख रित्तिएका छन् । आज पनि बेपत्ता भएका आफ्ना छोराछोरी आउने आश मारेका छैनन् उनीहरुले । उनीहरुको एउटै माग छ – “अपराधीलाई कारबाही गरियोस् ।”

सरकारले द्वन्द्वपीडितलाई राहत दिने प्रक्रिया अघि बढाए पनि बेपत्ता परिवार त्यसमा सन्तुष्ट छैनन् । किनकी आफ्ना सन्तान गुमाउनुको पीडा उनीहरुले भुल्न सकेका छैनन् । त्यही भएर बेपत्ता पारिएका अझै पनि आउँछन् कि भनेर बाटो हेरिरहेका छन्, उनीहरुका परिवार ।

द्वन्द्वपीडितको पहिचान गर्न सरकारले गाउँस्तरीय शान्ति समिति निर्माण गरेको छ । हरेकजसो हुने कार्यक्रममा तिनै द्वन्द्वपीडित परिवारलाई दोसल्ला ओडाएर सम्मान गरिन्छ । त्यसखाले कार्यक्रमले न्याय दिनुको सट्टा पीडा थपिने गरेको नरमाया बताउँछिन् । उनले भनिन्–“दोषीलाई कारबाही नभएसम्म सम्मानले न्यायको अनुभूति गर्न सकिँदैन ।”

दशवर्षे सशस्त्र द्वन्द्वमा झापाबाट १९ जना बेपत्ता भएको शान्ति मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । स्थानीय शान्ति समिति झापामा बेपत्ता पारिएको भन्दै २५ वटा उजुरी परेको कार्यालयका प्रविर घोषले जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

पनौती / मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

रेखा–पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

काठमाडौं । नेपाल स्रष्टा समाजले रेखा –पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

पीडित परिवारलाई न्याय दिलाउन संघर्ष गर्ने चेतावनी

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक...

तिगेलाद्धारा विद्यालयलाई जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण

धनकुटा, गत २१ माघ २०८१ का दिन विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई...