छोरो आउने आशमा नरमाया - Naya Online

छोरो आउने आशमा नरमाया

काँकडभिट्टा (झापा), ३१ जेठ । ‘कहाँ छ त्यो कहिले आउँछ ?’ प्रायः गोलधाप–७ घर भएकी ६१ वर्षीया नरमाया चम्लागार्इंकहाँ पुग्ने जो कोहीलाई उनी यस्तै प्रश्न गर्छिन् । टोलाएर दिन बिताउने नरमायालाई कहिलेकाहीँ राति पनि ‘आमा’ भनेर छोराले बोलाए जस्तो लागेर घर वरिपरि खोज्ने गरेको सुनाउँछिन् ।

विपन्न परिवारका नरमायाका जेठा छोरा राजेन्द्र चम्लागार्इंलाई हातमुख जोड्नका लागि काठमाडौँको एक फर्निचर कम्पनीमा काम गर्दै गरेको अवस्थामा २०६१ साउन ४ गते तत्कालीन शाही सेनाले लगेर बेपत्ता पारेको थियो । तर, उनको अवस्था अझै अज्ञात छ अर्थात् उनी बेपत्ताको सूचीमा नै छन् ।

अझै छोरो आउने आश मारेकी छैनन् आमा नरमायाले । ‘त्यो कहाँ छ कहिले आउँछ ?’ गहभरि आँसु पार्दै नरमायाले भनिन् – “मेरो छोरा एक दिन आउँछ भन्ने लाग्छ ।”

राजेन्द्र मात्र होइन, गोलधापकै खड्ग मोक्तानको पनि अवस्था थाहा छैन । उनकी आमा सञ्चमायाले भने छोरो आउने आश मारिसकेकी छन् । “मेरो छोरोलाई जसरी मारे त्यसरी नै ती अपराधीलाई मार्नुपर्छ”–उनी आक्रोश पोख्छिन् । उनले दोषीलाई कारबाही नभएसम्म न्यायको अनुभूति गर्न नसकिने बताइन् ।

विसं २०५२ देखि २०६२ सम्म मुलुक द्वन्द्वकोे चपेटामा परेको थियो । परिवर्तनका खातिर नेकपा माओवादीले हतियार उठाएपछि त्यसको प्रतिकारमा सरकार उत्रियो । सत्तापक्ष र विद्रोहीबीचको द्वन्द्वमा करिब १७ हजारले ज्यान गुमाए । हजारौँ बेपत्ता भए । त्यही द्वन्द्वले कैयौँ नेपाली आमाका काख रित्तिएका छन् । आज पनि बेपत्ता भएका आफ्ना छोराछोरी आउने आश मारेका छैनन् उनीहरुले । उनीहरुको एउटै माग छ – “अपराधीलाई कारबाही गरियोस् ।”

सरकारले द्वन्द्वपीडितलाई राहत दिने प्रक्रिया अघि बढाए पनि बेपत्ता परिवार त्यसमा सन्तुष्ट छैनन् । किनकी आफ्ना सन्तान गुमाउनुको पीडा उनीहरुले भुल्न सकेका छैनन् । त्यही भएर बेपत्ता पारिएका अझै पनि आउँछन् कि भनेर बाटो हेरिरहेका छन्, उनीहरुका परिवार ।

द्वन्द्वपीडितको पहिचान गर्न सरकारले गाउँस्तरीय शान्ति समिति निर्माण गरेको छ । हरेकजसो हुने कार्यक्रममा तिनै द्वन्द्वपीडित परिवारलाई दोसल्ला ओडाएर सम्मान गरिन्छ । त्यसखाले कार्यक्रमले न्याय दिनुको सट्टा पीडा थपिने गरेको नरमाया बताउँछिन् । उनले भनिन्–“दोषीलाई कारबाही नभएसम्म सम्मानले न्यायको अनुभूति गर्न सकिँदैन ।”

दशवर्षे सशस्त्र द्वन्द्वमा झापाबाट १९ जना बेपत्ता भएको शान्ति मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । स्थानीय शान्ति समिति झापामा बेपत्ता पारिएको भन्दै २५ वटा उजुरी परेको कार्यालयका प्रविर घोषले जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...