गर्भपतन गराउनेको सङ्ख्या डरलाग्दो - Naya Online

गर्भपतन गराउनेको सङ्ख्या डरलाग्दो

पाँचथर, ३१ जेठ । पाँचथर जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । Captureआर्थिक वर्ष २०७१÷७२ मा एक हजार तीन सय ९४ जना महिलाले गर्भपतन गराएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थामा एक हजार ४५ र जिल्ला अस्पताल पाँचथरमा तीन सय ४९ जनाले गर्भपतन गराएका हुन् । आइपस नेपालका जिल्ला संयोजक केदार भण्डारीका अनुसार आब २०७२÷७३ साउनदेखि वैशाखसम्म जिल्ला अस्पतालबाहेक अन्यत्र आठ सय ८३ जनाले गर्भपतन गरेको पाइएको छ ।

पछिल्लो समय गर्भपतन गराउने क्रम बढेपछि त्यसको न्यूनीकरणको निम्ति भन्दै जिल्ला प्रजनन स्वास्थ्य समन्वय समिति पाँचथरले जिल्लामा रहेका औषधि पसललाई औषधि व्यवस्था विभागमा सूचीकृत गराएर मात्रै गर्भपतनसम्बन्धी औषधि बिक्री वितरण गर्न दिने र गैरकानुनी रुपमा गर्भपतन गराउने विज्ञापन सञ्चार माध्यममा प्रकाशन वा प्रसारण गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

बाह्र हप्तासम्मको गर्भ, हाडनाता र जबर्जस्ती करणी भए १८ हप्तासम्म, महिलाको ज्यान खतरामा पर्ने वा शारीरिक वा मानसिक रुपमा गम्भीर असर पर्ने वा विकलाङ्ग बच्चा जन्मन सक्ने भएमा योग्यता प्राप्त चिकित्सकको सुझावअनुसार गर्भपतन गराउने व्यवस्था रहेको संयोजक भण्डारीले बताउनुभयो ।

गर्भनिरोधक सामग्रीको प्रयोग नगरेका कारण पनि गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको हुन सक्ने उहाँको भनाइ छ । अहिले जिल्लामा ३२ प्रतिशत महिलाले मात्रै गर्भनिरोधक सामग्री र औषधिको प्रयोग गर्दै आएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...