सोलुखुम्बु, ३१ जेठ । शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकालले सशस्त्र द्वन्द्वका बेला भएका घटनाको यथार्थ छानबिन हुने बताउनुभएको छ ।
आज यहाँ आयोजित द्वन्द्वपीडित मृतक तथा बेपत्ता परिवारको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले सत्य निरुपण आयोगले उजुरी दर्ता गरिरहेको भन्दै त्यहाँ परेका उजुरीमाथि न्यायिक छानबिन हुने बताउनुभयो । दोषी त्यत्तिकै उम्कन पाउँदैन भन्दै उहाँले आयोगबाट दोषी ठहरिएकालाई कानुनी कारबाही हुनेमा विश्वास गर्न आग्रह गर्नुभयो ।
स्थानीय शान्ति समितिको आयोजनामा भएको सो कार्यक्रममा भाग लिन आउनुभएका मन्त्री ढकालले सम्मान कार्यक्रमअघि शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत जिल्ला सदरमुकाममा सञ्चालन भइरहेको विभिन्न निर्माण कार्यको अनुगमनसमेत गर्नुभएको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।