ब्लड बैंक सञ्चालनको तयारी - Naya Online

ब्लड बैंक सञ्चालनको तयारी

इलाम, ३१ जेठ । लामो तयारीपछि सदरमुकाममा ब्लड बैंक सञ्चालन हुने भएको छ ।

नेपाल रेडक्रस सोसाइटीमार्फत पा“च वर्षअघि निर्मित भवनमा ब्लड बैंक सञ्चालन हुन लागेको हो । जिल्लामा आकस्मिक रक्तसञ्चार सेवामार्फत अभाव टारिँदै आएको छ । जिल्ला अस्पतालको क्षमता वृद्धिस“गै व्यवस्थित ब्लड बैंकको आवश्यकता भएको हो ।

विभिन्न दाताबाट रकम सङ्कलन गर्दै रेडक्रसले ब्लड बैंकका लागि भवन निर्माण गरेको छ । रु २८ लाख २६ हजारको लागतमा नारायणस्थानमा भवन निर्माण भएर पनि लामो समयसम्म सेवा सञ्चालन नहुँदा उपचार सेवा प्रभावित हु“दै आएको थियो ।

कतिपय दाताले कबोलेको रकम नदिँदा सेवा प्रदान गर्न ढिलो भएको रेडक्रसले जनाएको छ । “दाताले कबोलेको रकम नदिँदा निकै कठिन भएको छ”, रेडक्रसका सदस्य रतन चौधरीले भन्नुभयो – “तर पनि आवश्यकता बढ्दै गएकाले चा“डै सञ्चालनको तयारीमा छौँ ।”

ब्लड बैंकका लागि जर्मन दूतावासले रु १४ लाख १८ हजार बराबरको अनुदानमा सामग्री खरिद गरेको छ । ती सामग्री काठमाडौँ आइसकेका छन् । त्यस्तै शाखाको रु १३ लाख र रेडक्रस लक्जम्बर्गको रु १० लाख ५० हजारको लागतमा सम्पूर्ण सामग्री खरिद गरिसकिएको लेखापाल वसन्त तिम्सिनाले बताउनुभयो ।

अब सदरमुकाम ल्याएर जडान गर्न मात्र बा“की रहेकाले साउनभित्रमा सञ्चालनमा ल्याउने रेडक्रसको तयारी छ । एक प्रविधिज्ञसहित दुई जना कर्मचारी अनिवार्य रूपमा राख्नुपर्ने भएकाले रकमको अभाव रहेको छ । “कबोल गरेर नदिएको रकम रु सात लाख हाराहारीमा छ,” कोषाध्यक्ष विजय कार्कीले भन्नुभयो – “सबै रकम आउने हो भने सेवा सञ्चालनमा केही सहज हुने थियो ।” अक्षय कोष स्थापना गरी कर्मचारी पाल्ने रेडक्रसको योजना रहेको सभापति देवीप्रसाद गौतमले बताउनुभयो ।

जिल्लामा हाल मासिक २० युनिट रगतको आवश्यकता रहेकामा अस्पतालको क्षमता विस्तारसँग खपत बढ्ने पक्का छ ।

विभिन्न क्षेत्रका विशेषज्ञले सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालको स्तरोन्नति गरिएको हो । रक्तदानबाट सङ्कलन भएको रगत झापा, धरान र विराटनगर पठाइने गरिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...