दोलखा । नवगायक गोपाल खड्काद्वारा गाइएको गीत ‘पूवैमा पर्यो दार्जिलिङ सहर’ दोलखाका रमणीय स्थानमा म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । गीतमा चर्चित मोडल अनिता गोलेले अभिनय गरेकी छिन् । उनको अपोजिटमा भने स्वयं गायक नै देखिने भएका छन् ।
सहदेव कोइरालाले निर्देशन गरेको म्युजिक भिडियो सुट गर्न दुई दिन लागेको थियो । पूर्वको रमणीय स्थान दार्जिलिङ हो भने नेपालको मध्यामाञ्चलमा पर्ने दोलखा अति रमणीय स्थानमा पर्दछ । यसैलाई समेटेर गीत बनाएको र गीतभित्र दोलखाका रमणीय स्थानको पनि चर्चा भएकोले त्यहाँ सुट गरिएको मोडल गोलेले जानकारी दिएकी छिन् ।
पछिल्लो समयमा म्युजिक भिडियो तथा चलचित्र क्षेत्रमा जमेर लाग्दै गरेकी अनिता गोलेले विभिन्न तामाङ सेलो तथा नेपाली गीत गरी २५ वटा भन्दा बढि गरिसकेकी छिन् भने केही चलचित्रमा अभिनय गरेकी छिन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।