वार्ताबाटै समस्याको समाधान खोजौँः प्रधानमन्त्री ओली - Naya Online

वार्ताबाटै समस्याको समाधान खोजौँः प्रधानमन्त्री ओली

oli]काठमाडौँ, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानप्रति कुनै असन्तुष्टि भए वार्ता र सहमतिबाटै समाधान खोज्न सकिने बताउनुभएको छ ।

दशरथ रङ्गशालामा आज आयोजित नयाँ शक्ति नेपालको पार्टी घोषणा सभालाई सम्बोधन गर्दै उहाँले संविधानले कुनै पनि जाति, समुदाय र वर्गलाई विभेद नगरेको भन्दै यदि कहीँकतै कमजोरी भए त्यसलाई सच्याएर जान सकिने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकार आग्रहहीन छ, वार्ताद्वारा समस्याको समाधान गर्न सकिन्छ, मैले पत्र लेखेरै आग्रह गरेको छु असन्तुष्ट पक्षसँग केही समस्या छन् भने बसाँै छलफल गरेर समाधान निकालौँ ।”

उहाँले क्षेत्रीय अखण्डता, जातीय, भाषिक, धार्मिक भिन्नताका आधारमा नभई राष्ट्र, राष्ट्रियता र कानुनले दिएको अधिकारलाई प्रयोग गर्दै बहुभाषिक, भौगोलिक विविधतायुक्त मुलुक नेपाललाई विकास र समृद्धिको बाटोमा अघि बढाउन सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले नयाँ शक्तिले देशको विकासको समृद्धि र जनताको उन्नतिका लागि राम्रो काम गरोस् भनी शुभकामनासमेत व्यक्त गर्नुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...