भारतसँगको सम्बन्ध अरुसँग तुलना गर्न मिल्दैन– उपप्रम थापा - Naya Online

भारतसँगको सम्बन्ध अरुसँग तुलना गर्न मिल्दैन– उपप्रम थापा

काठमाडौँ, ३० जेठ । उपप्रधानमन्त्री कमल थापाले नेपाल र भारतबीचको सम्बन्ध अत्यन्तै विशिष्ट खालको भएको हँुदा अरुसँग तुलना गर्न नसकिने बताउनुभएको छ ।

दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिएर भारतको नयाँदिल्लीबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री थापाले भन्नुभयो– “नेपाल र भारतबीचको सम्बन्ध सुदृढ हँुदै गएको छ ।” दुई देशबीचको सम्बन्धमा तिक्तता र असमझदारी छ भनेर चर्चा र आशङ्का गरिए पनि यथार्थमा त्यो सही होइन होइन भन्दै परराष्ट्रमन्त्रीले दुई देशबीचको सम्बन्धमा कहीँ कतै अवरोध नदेखिएको बताउनुभयो ।

Kamal-Thapa.jpg.jpegप्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो भारत भ्रमणपछि सबै असमझदारी हटेर आपूर्ति व्यवस्थामा सहज भएको, सम्बन्धमा अत्यन्त हार्दिकता दृष्टिकोण कायम भएको तथा भ्रमणको आदानप्रदान भइरहेको उहाँको भनाइ थियो ।

नेपालको संविधानमा सबैको स्वामित्व कायम हुन सकोस्, नेपालमा शान्ति, स्थायित्व र प्रजातन्त्र बलियो हुन सकोस् भन्ने भारतीय पक्षको चासो र चिन्ता रहेको बताउँदै परराष्ट्रमन्त्री थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षमा समीक्षा भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “अहिले दुवै देशबीचको सम्बन्ध सुमधुर ढङ्गबाट अघि बढेकामा दुबै पक्षबाट सन्तोष व्यक्त गरिएको छ ।”

नेपालले संविधान निर्माणपछि आर्थिक विकासमा जोड दिएकाले भारतसँगको सम्बन्धलाई अझ विशेष महत्व दिइएको बताउँदै उपप्रधानमन्त्री थापाले नेपालले आफ्नो विकास र समृद्धिको लक्ष्य हासिल गर्न दुवै छिमेकीसँग असल सम्बन्ध कायम राख्दै छिमेकीले गरेको तीव्र आर्थिक विकासबाट फाइदा लिने रणनीतिका साथ सम्बन्ध विस्तार गर्न खोजेको छ भन्नुभयो ।

नेपाल र भारतबीच आगामी जुलाइभित्र १३ वटा द्विपक्षीय बैठक तथा आगामी अक्टोबरमा संयुक्त संयन्त्रको अर्काे बैठक बस्ने तयारी गरिएको मन्त्री थापाले जानकारी दिनुभयो ।

राष्ट्रपतिको भ्रमण उपयुक्त समयमा मिलाइने
उच्चस्तरमा हुने भ्रमणको महत्वलाई दृष्टिगत गरी अझ सामीप्यता कायम गर्न दुवै मुलुकका राष्ट्रपतिको भ्रमणको तयारी कूटनीतिक माध्यमबाट उपयुक्त समयमा मिलाइने सहमति भएको उहाँले जानकारी दिनुभयो ।

नयाँ दिल्लीमा रहँदा मन्त्री थापा र भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री मनमोहन सिंहबीच पनि भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धको वर्तमान अवस्थाका बारेमा छलफल भएको थियो ।

विश्वविद्यालयको दीक्षान्त समारोहमा परराष्ट्रमन्त्री थापाले सार्कप्रतिको प्रतिबद्धता जनाउँदै यसको आदर्श र लक्ष्यप्रति नेपालको अटुट प्रतिबद्धतालाई अभिव्यक्त गर्नुभएको थियो । विश्वविद्यालयले छोटो अवधिमा यस क्षेत्रका विद्यार्थीलाई अध्ययनको महत्वपूर्ण अवसर प्रदान गर्नाका साथै क्षेत्रीय सहयोग र सद्भावमा ठूलो भूमिका खेल्दै आएको छ ।

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उहाँले मधेस आन्दोलनको स्वरुप फेरिए पनि समस्या पूर्ण रुपले नहटेसम्म संविधान कार्यान्वयन र आगामी निर्वाचनमा कठिनाइ हुन सक्छ भन्ने कुरा सबै राजनीतिक दलले बुझ्न आवश्यक रहेको स्पष्ट गर्नुभयो ।

अर्काे प्रसङ्गमा राप्रपा नेपालका अध्यक्ष थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीचको एकीकरणका लागि अझै निकै मेहनत गर्नुपर्ने देखिएको टिप्पणी गर्नुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...