भक्तपुर, ३० जेठ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले केन्द्रको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माणमा लागि विभिन्न दलसँग छलफल सुरु भएको बताउनुभएको छ ।
रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले आफ्नो पार्टीले राष्ट्रिय सरकारको गृहकार्य सुरु गरेको जानकारी दिनुभयो ।
मधेस आन्दोलनका जायज मागलाई सम्बोधन गर्दैै उनीहरुलाई समेत राष्ट्रिय सरकारमा सामेल गर्न केन्द्र सक्षम रहने उहाँले बताउनुभयो ।
उहाँले हालसम्म भारत लगायत अन्य देशको हस्तक्षेप जारी रहेको पनि बताउँदै भन्नुभयो,“चीनतर्फका नाका विस्तारका लागि नेपाल सरकारका प्रधानमन्त्रीले सम्झौता गरिसकेकाले अब त्यसलाई पूर्णता दिन नेपाल अग्रसर बन्नुपर्छ ।”
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।