खम्बा गाडेको सात वर्षपछि बिजुली - Naya Online

खम्बा गाडेको सात वर्षपछि बिजुली

Khambaफलेवास (पर्वत), ३० जेठ । यहाँको एक विकट गाउँमा खम्बा गाडेको सात वर्षपछि बिजुली बलेको छ । दक्षिण पर्वतको भोक्सिङ गाविसमा लामो समयदेखिको अथक प्रयासपछि बिजुली बलेको हो ।

स्थानीय समुदायको पहलमा सामुदायिक विद्युतीकरण मार्फत राष्ट्रिय प्रसारण लाइन जडान भएको हो । उक्त सामुदायिक विद्युतीकरणको नेपाल सरकारका कृषि विकासमन्त्री हरिबोल गजुरेलले उद्घाटन गर्नुभएको हो ।

छिमेकी गाविस लुङ्खुदेउराली र होस्राङदीमा एकदशक अघिदेखि नै विद्युतीकरण भए पनि भोक्सिङ गाविस अन्धकारमय रहेको थियो । अहिले भोक्सिङ गाविसका एकसय ८२ घरधुरीमा विद्युतीकरण भएको सामुदायिक विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष हेमबहादुर मल्लले बताउनुभयो ।

दुई वर्ष अघिसम्म स्थानीय छर्छरे खोलाबाट निकालिएको लघु जलविद्युत परियोजनाको भरमा रहेपनि दुई वर्षअघिदेखि त्यो पूर्ण रुपमा बन्द भएपछि भोक्सिङ्गका बासिन्दाहरु सौर्य ऊर्जा र टुकीको भरमा रात काट्दै आएका थिए । ‘हुने खानेहरुको छानोमा सोलार हुन्थ्यो, हुँदा खानेहरुको घरमा टुकी बाल्नु पर्ने अवस्था थियो,’ अध्यक्ष मल्लले भन्नुभयोे – ‘विद्युतीकरण भएपछि सबैलाई राहतको महसुस भएको छ ।’

अहिले विद्युतीकरणको सुरुवात मा नै २ वटा राइस मिल सञ्चालनमा आएका छन् भने फर्निचर उद्योग सञ्चालनका लागि समेत उपभोक्ता समितिमा माग भइआएको छ । पर्वतको निर्वाचन क्षेत्र नं २ अन्तर्गत रहेको नेपाल विद्युत् प्राधिकरणको लुंखुदेउराली सवस्टेशनमार्फत भोक्सिङ्गमा लाइन जडान गरिएको बताइएको छ । यो सँगै जिल्लाका १ नगरपालिका र ४७ वटै गाविसमा विद्युत् सेवा पुगेको छ । क्षेत्र नं १ अन्तर्गतका अधिकांस गाविस र क्षेत्र नं २ का मुडिकुवा, खानीगाउँ, देविस्थान, कुर्घा, लुंखुदेउराली लगायतका गाविसमा केन्द्रीय प्रसारण लाइनअन्तर्गत विद्युत् सेवा विस्तार भएपछि अन्य गाविसमा सामुदायिक विद्युतीकरण उपभोक्ता समितिमार्फत विद्युत् सेवा सञ्चालनमा ल्याइएको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...