खम्बा गाडेको सात वर्षपछि बिजुली - Naya Online

खम्बा गाडेको सात वर्षपछि बिजुली

Khambaफलेवास (पर्वत), ३० जेठ । यहाँको एक विकट गाउँमा खम्बा गाडेको सात वर्षपछि बिजुली बलेको छ । दक्षिण पर्वतको भोक्सिङ गाविसमा लामो समयदेखिको अथक प्रयासपछि बिजुली बलेको हो ।

स्थानीय समुदायको पहलमा सामुदायिक विद्युतीकरण मार्फत राष्ट्रिय प्रसारण लाइन जडान भएको हो । उक्त सामुदायिक विद्युतीकरणको नेपाल सरकारका कृषि विकासमन्त्री हरिबोल गजुरेलले उद्घाटन गर्नुभएको हो ।

छिमेकी गाविस लुङ्खुदेउराली र होस्राङदीमा एकदशक अघिदेखि नै विद्युतीकरण भए पनि भोक्सिङ गाविस अन्धकारमय रहेको थियो । अहिले भोक्सिङ गाविसका एकसय ८२ घरधुरीमा विद्युतीकरण भएको सामुदायिक विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष हेमबहादुर मल्लले बताउनुभयो ।

दुई वर्ष अघिसम्म स्थानीय छर्छरे खोलाबाट निकालिएको लघु जलविद्युत परियोजनाको भरमा रहेपनि दुई वर्षअघिदेखि त्यो पूर्ण रुपमा बन्द भएपछि भोक्सिङ्गका बासिन्दाहरु सौर्य ऊर्जा र टुकीको भरमा रात काट्दै आएका थिए । ‘हुने खानेहरुको छानोमा सोलार हुन्थ्यो, हुँदा खानेहरुको घरमा टुकी बाल्नु पर्ने अवस्था थियो,’ अध्यक्ष मल्लले भन्नुभयोे – ‘विद्युतीकरण भएपछि सबैलाई राहतको महसुस भएको छ ।’

अहिले विद्युतीकरणको सुरुवात मा नै २ वटा राइस मिल सञ्चालनमा आएका छन् भने फर्निचर उद्योग सञ्चालनका लागि समेत उपभोक्ता समितिमा माग भइआएको छ । पर्वतको निर्वाचन क्षेत्र नं २ अन्तर्गत रहेको नेपाल विद्युत् प्राधिकरणको लुंखुदेउराली सवस्टेशनमार्फत भोक्सिङ्गमा लाइन जडान गरिएको बताइएको छ । यो सँगै जिल्लाका १ नगरपालिका र ४७ वटै गाविसमा विद्युत् सेवा पुगेको छ । क्षेत्र नं १ अन्तर्गतका अधिकांस गाविस र क्षेत्र नं २ का मुडिकुवा, खानीगाउँ, देविस्थान, कुर्घा, लुंखुदेउराली लगायतका गाविसमा केन्द्रीय प्रसारण लाइनअन्तर्गत विद्युत् सेवा विस्तार भएपछि अन्य गाविसमा सामुदायिक विद्युतीकरण उपभोक्ता समितिमार्फत विद्युत् सेवा सञ्चालनमा ल्याइएको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...