विप्लव माओवादीद्वारा वर्ड भिजनको कार्यालयमा आगजनी - Naya Online

विप्लव माओवादीद्वारा वर्ड भिजनको कार्यालयमा आगजनी

नुवाकोट, ३० जेठ । भूकम्पपछिको प्रतिकार्यका लागि नुवाकोट आएको वर्ड भिजन इन्टरनेसनल नेपालको जिल्ला कार्यालयमा गएराति आगजनी भएको छ । आगजनीको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको छ ।

गएराति १२ः३० बजे तीन जनाको समूहले विदुर नगरपालिका वडा नं ४ बट्टारमा रहेको वर्ड भिजनको कार्यालय परिसरमा रहेको गाडीमा आगो लगाएका थिए । प्रत्यक्षदर्शी संस्थाका सुरक्षाकर्मी तुलबहादुर प्याकुरेलका अनुसार गेटपट्टिबाटै भित्र छिरेका तीन जनाले उनलाई धम्याएर गाडीमा आगो लगाई गेटै खोलेर भागेका थिए । आफूहरु विप्लव माओवादीको कार्यकर्ता भएको बताउनेहरुले गाडीमा आगो सल्काएपछि हल्ला गरेमा मार्ने धम्की दिएको प्याकुरेलले बताउनुभयो ।

गाडीमा करिब ४५ मिनेट आगो लागेपछि मात्रै नियन्त्रणमा लिइएको छिमेकी शिवप्रसाद अधिकारीले बताउनुभयो । बलिरहेको गाडीको आगोको राप घरको तेस्रो तलामा पुगेपछि उनीहरुले पछाडिको भागमा डोरी लगाएर बलिरहेको गाडी गेटबाट बाहिर पु¥याएका थिए । त्यसपछि घटनास्थलमा पुगेको दमकलले गाडी र घरमा लागेको आगो नियन्त्रणमा लिएको थियो ।

गाडीमा लागेको आगो घरमा सल्किँदा झ्याल तथा घरको बाहिरी भाग जलेको छ । कार्यालयको कागजात र सामग्री सुरक्षित रहेको वर्ड भिजनका देवेन्द्रप्रसाद गुरुङले बताउनुभएको छ ।

दोस्रो तथा तेस्रो तलामा रहेका मानिसलाई छतमा भ¥याङ राखेर प्रहरी र छिमेकीले अर्को घरको छतमा निकालेर उद्धार गरेका थिए । घरधनी कृष्णप्रसाद अधिकारीका अनुसार तल्लो तलामा गाडीबाट आगो घरमा सल्किएपछि माथि रहेका परिवारका सदस्यलाई एक घन्टापछि मात्रै उद्धार गर्न सकिएको थियो ।

आज बिहान सञ्चारमाध्यमसँग सम्पर्कमा आएका विप्लव नेतृत्वको नेकपा माओवादी नुवाकोटका एक नेताले उक्त आक्रमणको जिम्मेवारी आफ्नो पार्टीले लिएको बताउनुभएको छ । तर कारणका बारेमा भने केही भनिएको छैन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...

पुस्तक लोकार्पण तथा पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न

धरान, ३ जेठ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन “परदेशी बिम्बहरू… साहित्यिक वार्षिक”...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...