विदेशबाट फर्केर सामुहिक तरकारी खेतीमा - Naya Online

विदेशबाट फर्केर सामुहिक तरकारी खेतीमा

उर्लाबारी (मोरङ), २९ जेठ । घरखर्च चलाउनसमेत मुस्किल भएपछि पैसा कमाउने आशामा गाउँका अन्य युवाजस्तै साहुसँग ऋण गरेर मलेसिया हानिएका मोरङ इटहरा–४ का दुर्गाप्रसाद गौतमले भनेजस्तो काम नपाएपछि दुई वर्षमै रित्तो हात नेपाल फर्किए ।

सिँचाइको अभावमा श्रम र लगानीको अनुपातमा उत्पादन नहुँदा मजदुरी गरेर परिवार पाल्नुपर्ने उनको बाध्यता गाउँमा सौर्य पम्पिङ प्रणालीबाट सिँचाइ सुविधा उपलब्ध भएपछि घरखर्चको लागि अब कसैको भर पर्नु परेन । जिल्ला कृषि विकास कार्यालय मोरङले इटहरा–४ मा कृषि क्रान्ति कृषक समूह नै गठन गरेर तरकारी खेतीतर्फ आकर्षित भएका किसानलाई निःशूल्क सौर्य पम्पिङ प्रणाली उपलब्ध गराएको हो ।

समूहमा आवद्ध दुर्गाप्रसादले आफ्नै घर नजिक करेला, लौका, च्याऊ, फर्सी, काँक्रा खेतीलगाएका छन् । विगत एक वर्षयता सब्जीखेती गर्दै आएका दुर्गाप्रसाद अब विदेश जाने कल्पनासमेत गर्न छाडेका छन् । सिँचाइका लागि सौर्य पम्प जडान गरेपछि दुर्गाप्रसाद जस्तै छिमेकी लक्ष्मीप्रसाद घिमिरे, विष्णु भट्टराई, छाँया घिमिरे, तुङ्गप्रसाद आचार्य, केदार घिमिरेलगायतको दैनिकी अहिले सब्जी खेतीमै बित्ने गरेको छ । गाउँको १९ घर परिवारले तरकारी खेती गरेर मासिक ४० देखि ५० हजार रुपयाँसम्म आर्जन गर्न थालेका छन् ।

“पहिले आकासको पानीका भरमा खेती गरिन्थ्यो”, किसान लक्ष्मीप्रसाद घिमिरेले भने, “अहिले समूहका सबैले मौसमी र बेमौसमी तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।” पम्पबाट तानेको पानीलाई पाइपमार्फत वितरणको व्यवस्था मिलाइएको बताउँदै उहाँले अन्य खेतीभन्दा सब्जी खेतीमा कम मेहनत पनि पर्ने गरेका कारण आकर्षित भएको बताउनु भयो ।

अर्का किसान सिमा घिमिरेको बारीमा अहिले मनग्य करेला र लौँका फलेका छन् । उहाँले भन्नुभयो “पहिले पहिले विदेशमा रहेका श्रीमान्सँग घरखर्च माग्नुपर्ने बाध्यता थियो तर अहिले सब्जी खेतीबाटै घरखर्च मात्र होईन, छोराछोरीलाई स्कुल पढाउने खर्च पनि उठेको छ”। सब्जी खेती गरेरै घरपरिवार चलाउँदै आएका इटहराका किसानले विदेशमा गएर परिश्रम गर्नुभन्दा आफ्नै देशमा पसिना बगाउँदा पनि उत्तिकै आम्दानी हुने बताउँछन् ।

इटहरा किसानले उत्पादन गरेको सब्जी दैनिक उर्लाबारी, पथरीलगायतका शहरसम्म बेच्न लैजाने गर्दछन्

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...