बलिहाङ पुरस्कारबाट एसआर खजुम पुरस्कृत - Naya Online

बलिहाङ पुरस्कारबाट एसआर खजुम पुरस्कृत

SR khajum

काठमाडौँ, १० जुन २०१६ । लिम्बु साहित्यका प्रथम निबन्धकार सर्वश्री शुखराज (एसआर) खजुम आज एक विशेष समारोह बीच बलिहाङ पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । नेपाल सरकारका उपप्रधानमन्त्री विजय कुमार गच्छेदारबाट उहाँ पुरस्कृत हुनुभएको हो ।

यसका साथै उहाँले आकाशवाणी गान्तोक केन्द्रमा लिम्बु भाषाका वार्ताकारिता, लिम्बु पाठ्यपुस्तकका लागि अनुवाद कार्य गर्नुका साथै सन् १९६७ मा स्थापित अखिल भारतीय किराँत चुम्लु¬ङ दार्जिलिङ संस्थाको संस्थापक सदस्य हुनुका साथै सन् १९८० देखि सिरिजङ्गा याक्थुङ साक्थिम फोजुम्भो, सुक्खिम याक्थुङ साप्सक सङ्जुम्भो जस्ता विभिन्न याक्थुङ संस्थाहरुमा निरन्तर कार्यरत रहँदै सन् २००२ देखि हालसम्म भारतीय लिम्बु महासङ्घको अध्यक्षका रुपमा नेतृत्व गरी याक्थुङ समाजको सवल नेतृत्व प्रदान गर्दै याक्थुङ सभ्यता निर्माणमा विशिष्ठ योगदान पुर्याउनु भएकोमा उहाँलाई यो बलिहाङ पुरस्कार प्रदान गरिएको हो ।

पुरकृत व्यक्तित्वका बारेमा पूर्व कुलपति वैरागी काइँलाले प्रकाश पार्नु भएको थियो । यस पटक एसआर खजुमलाई प्रदान गरिएको बलिहाङ पुरस्कारको छैटौँ संस्करण हो । यसअघि काजीमान कन्दङ्वा (नेपाल), पदमसिंह सुब्बा अपतन (भारत), वैरागी काइँला (नेपाल), बिबी मुरिङला (भारत) र येहाङ लाओती (नेपाल) यस पुरस्कारबाट पुरस्कृत भइसक्नु भएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...