तीन बालिका परिवारको जिम्मामा - Naya Online

तीन बालिका परिवारको जिम्मामा

मेलम्ची, २९ जेठ । इलाका प्रहरी कार्यालय मेलम्चीको रोहवरमा तीन बालिकालाई चाइल्ड नेपालले शुक्रबार राति सम्बन्धित परिवारलाई जिम्मा लगाएको छ ।

सिन्धुपाल्चोक जिल्लाको लागर्चे गाविसका तीन बालिकालाई धादिङबाट प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा केही नखुलेकाले बालबालिकाको हकहितमा काम गर्ने संस्थामार्फत परिवारलाई जिम्मा लगाएको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नीरज डाँगीका अनुसार घरबाट परिवारलाई समेत थाहा नदिई भागेको र परिवारले प्रहरीमा उजुरी गरेकाले धादिङमा फेला परेका बालिकालाई चाइल्ड नेपाल र महिला तथा बालबालिका कार्यालयको सहयोेगमा प्रहरीमार्फत आआफ्नो परिवारलाई जिम्मा लगाएको हो ।

पन्ध्र वर्षभन्दा कम उमेरका तीन बालिका गत २४ गते साथीकोमा कपडा लिन जान्छु भनेर गएको र रात परेपछि समेत नआएको र आफन्तलाई समेत खबर गर्दा पत्ता नलगाएपछि प्रहरीमा उजुरी दिएको बालिकाको परिवारले बताएको छ ।

प्रहरी निरीक्षक डाँगीका अनुसार घरको आर्थिक अवस्था कमजोर भएकाले र घरबाट समेत ख्याल नगर्ने भएकाले बालबालिका आफूखुसी घर छाडेर जाने गरेको बताउनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...