गत ५ जुन २०१६ कादिन युकेको आसफोर्डमा सम्पन्नगोर्खा वकतथा दौडमा ९४ बर्षिया दलबीर लिम्बु विजयीहुनु भएको छ ।
विश्वविख्यात भिक्टोरियाक्रस विजेता १३ गोर्खाहरुको सम्झनामाआयोजितवकतथा दौडमा सुपर भेटरानतर्फ लिम्बुलाई पुरस्कृत गरिएको हो । पुरस्कार हस्तान्तर समारोहमा युकेको लिवरल डेमोक्रयाट पार्टीका नेतातथागोर्खा अधिकार अभियन्ता पिटर क्यारोलले सहभागी सबैलाई बधाई दिदै आफ्ना सन्तानहरुलाई युके ल्याउनआफूले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । सुपर भ्याटरानमहिलातर्फ ८५ बर्षिया फिष्टिमाया थापामगरलाई पुरस्कृत गरिएको थियो । लिम्बु र थापामगरले उकालो, ओह्रालो भएको १३ किलोमिटर दुरी सफलतापूर्वक हिडेर पार गर्नुभएको थियो ।
युवा दौड समुहमालालधन राई, नविन्द्र लिम्बु र मुगाधनतामाङ क्रमशःप्रथम, दोस्रो र तेस्रो बन्न सफलभएकाथिए ।प्रथमहुने राईले १ घण्टा १२ मिनेटमापुरा गरेकाथिए । महिलातर्फ निशा गुरुङ, चन्द्रकला राई र शान्तिलिम्बु क्रमशःप्रथम, दोस्रो र तेस्रो बन्न सफलहुनु भयो । गुरुङ अघिल्लो बर्षपनिप्रथमहुनुभएको थियो । यस बर्ष भ्याटरानतर्फ पुरस्कृत गरिएन ।
केन्टको सुन्दर मध्येको एक इष्टवेल म्यानर स्टेटआसफोर्डमाआयोजित दौडको अन्तमागायकथीर थापा, सुष्मा राई र स्थानीयगोर्खा ब्याण्डको भब्य सांगेतिक प्रस्तुतीमा बृद्धा आमाबुबा छमछम नाचेकाथिए । दिनैभर सुन्दर मौषमभएकोले सहभागिहरु कार्यक्रमस्थल छोडन चाहेकाथिएन्न ।
गोर्खा पीस फाउन्डेशनद्धारा आयोजित तेस्रो औ संस्करणको वकतथा दौडको लागि ५ सयले दर्ता गरेपनिप्रत्यक्ष सहभागिहरु गतबर्षभन्दा बढेर ४ सयको हाराहारीमाथिए । कार्यक्रमको अन्तमाफाउन्डेशनकाअध्यक्ष भिम तुम्बाहाम्फे र संयोजक प्रेम थक्लुङले सबैलाई धन्यवादब्यक्तगर्नुभयो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।