पूर्व गृहमन्त्री लावतीको शालिक अनावरण - Naya Online

पूर्व गृहमन्त्री लावतीको शालिक अनावरण

सन्देश सुब्बा

पाँचथर । पूर्व गृहमन्त्री तथा राप्रपा नेपालका नेता स्व.पद्मसुन्दर लावतीको शालिक लावतीको गृह जिल्ला पाँचथरको यासोकमा बिहीबार अनावरण गरिएको छ । स्व. लावतीको शालिक एक समारोहका बीच भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले अनावरण गरेका हुन् ।

salik anawaran photoसामाजिक संस्था पापोहाङ लावती सयङले ७ लाख रुपैंयाँको लागतमा फाइबर ग्लासयुक्त शालिक निर्माण गरेको हो । वि.सं. २०२९ सालमा ३४ वर्षको उमेरमा उद्योग राज्यमन्त्री बनेका लावतीले त्यसपछि गृह सहित विभिन्न १२ वटा मन्त्रालय सम्हालेका थिए । मन्त्री भएको समयमा जिल्लाको विकासमा महत्वपूर्ण योगदान गरे बापत त्यसको सम्मानमा शालिक निर्माण गरिएको पापोहाङ लावती सयङका उपाध्यक्ष बिजयबोध लावतीले बताए ।

स्व.लावतीको जन्म वि.सं. १९९६ श्रावण ७ गते पाकिस्तानको क्वेटामा भएको थियो । उनको मृत्यु वि.सं.२०७२ जेठ २७ गते काठमाण्डौमा भएको थियो । विकासप्रेमी नेताको रुपमा परिचित स्व.लावतीको योगदानको उच्च मूल्याङकनका साथ युगपुरुषको दर्जा प्रदान गर्दै सालिक निर्माण गरिएको सयङ्का उपाध्यक्ष लावतीले बताए ।

पाँचथरको यासोकबाट राजनीतिक यात्रा सुरु गरेका स्व. लावतीप्रति सम्मान व्यक्त गर्दै मन्त्री सुब्बाले सरकारले चाँडै भूउपयोग नीति लागु गर्न लागिरहेको बताए । ३ वर्ष भित्रमा सुकुम्बासी समस्या समाधान गर्ने गरि आवस्यक गृहकार्य भइरहेको मन्त्री सुब्बाको भनाई थियो । त्यस्तै छुट जग्गा दर्ता गर्ने विषयमा पनि विभागिय निर्णय भइसकेको मन्त्री सुब्बाले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...