पूर्व गृहमन्त्री लावतीको शालिक अनावरण - Naya Online

पूर्व गृहमन्त्री लावतीको शालिक अनावरण

सन्देश सुब्बा

पाँचथर । पूर्व गृहमन्त्री तथा राप्रपा नेपालका नेता स्व.पद्मसुन्दर लावतीको शालिक लावतीको गृह जिल्ला पाँचथरको यासोकमा बिहीबार अनावरण गरिएको छ । स्व. लावतीको शालिक एक समारोहका बीच भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले अनावरण गरेका हुन् ।

salik anawaran photoसामाजिक संस्था पापोहाङ लावती सयङले ७ लाख रुपैंयाँको लागतमा फाइबर ग्लासयुक्त शालिक निर्माण गरेको हो । वि.सं. २०२९ सालमा ३४ वर्षको उमेरमा उद्योग राज्यमन्त्री बनेका लावतीले त्यसपछि गृह सहित विभिन्न १२ वटा मन्त्रालय सम्हालेका थिए । मन्त्री भएको समयमा जिल्लाको विकासमा महत्वपूर्ण योगदान गरे बापत त्यसको सम्मानमा शालिक निर्माण गरिएको पापोहाङ लावती सयङका उपाध्यक्ष बिजयबोध लावतीले बताए ।

स्व.लावतीको जन्म वि.सं. १९९६ श्रावण ७ गते पाकिस्तानको क्वेटामा भएको थियो । उनको मृत्यु वि.सं.२०७२ जेठ २७ गते काठमाण्डौमा भएको थियो । विकासप्रेमी नेताको रुपमा परिचित स्व.लावतीको योगदानको उच्च मूल्याङकनका साथ युगपुरुषको दर्जा प्रदान गर्दै सालिक निर्माण गरिएको सयङ्का उपाध्यक्ष लावतीले बताए ।

पाँचथरको यासोकबाट राजनीतिक यात्रा सुरु गरेका स्व. लावतीप्रति सम्मान व्यक्त गर्दै मन्त्री सुब्बाले सरकारले चाँडै भूउपयोग नीति लागु गर्न लागिरहेको बताए । ३ वर्ष भित्रमा सुकुम्बासी समस्या समाधान गर्ने गरि आवस्यक गृहकार्य भइरहेको मन्त्री सुब्बाको भनाई थियो । त्यस्तै छुट जग्गा दर्ता गर्ने विषयमा पनि विभागिय निर्णय भइसकेको मन्त्री सुब्बाले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि...

चलचित्र ‘के२’ को छायांकन सम्पन्न

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा...

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...