तेक्वान्दो महासङ्घका उपाध्यक्ष पक्राउ - Naya Online

तेक्वान्दो महासङ्घका उपाध्यक्ष पक्राउ

काठमाडौँ,२७ जेठ । नेपाल इन्टरनेसनल तेक्वान्दो महासङ्घका उपाध्यक्ष चेतनराज गिरीलाई नक्कली कागज बनाई दक्षिण कोरिया पठाइदिने भनी विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको छ ।

म्याग्दी घर भएका ५३ वर्षीय टेकप्रसाद लामगादेबाट रु एक लाख र दीपक सुनारबाट रु दुई लाख ६० हजार लिई इन्टरनेसनल तेक्वान्दो फेडरेसनको नक्कली कागज बनाएको जनाउँदै महानगरीय अपराध महाशाखाको टोलीले स्थानीय त्रिपुरेश्वरबाट उनलाई पक्राउ गरेको हो ।

जुम्ला चन्दननाथ नगरपालिका घर भएका गिरीलाई ठगी मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

झापा घर भएका राजेन्द्र दवाडीलाई समेत फेडेरेसनको नक्कली कार्ड मार्फत तेक्वान्दोको खेलाडी बनाई रु सात लाख ५० हजार लिई लन्डन पठाएकामा नक्कली कागजात भन्ने थाहा भएपछि त्यहाँको विमानस्थलबाट फिर्ता पठाइएको थप जाहेरी महाशाखामा परेको छ ।

उनले महासङ्घबाट नक्कली खेलाडी बनाई रकम लिएर अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अभियुक्त गिरी रग्वी सङ्घको समेत महासचिव रहेको तथा उनले न्युजिल्यान्ड, बेलायत, चीन र क्यानडामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो खेलमा रेफ्रीका रुपमा भूमिका निर्वाह गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

चौथो ललितपुर जिल्लाव्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

ललितपुर । चौथो ललितपुर जिल्लाव्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्दो...

महिला फुटबल क्याप्टेन तुम्बापोको घर निर्माणको लागि हङकङमा लाखौं संकलन

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित...

संचारकर्मी सन्देश सुब्बा पुरस्कृत

पाँचथर । संचारकर्मी सन्देश सुब्बा स्वर्गीय प्रजापति–जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।...

थाइल्याण्डमा पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती

काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस...

कियाचु युकेको आयोजनामा १५औं यलम्बरहाङ कप

सुरेन्द्र इङ्नाम युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ्...

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...