नेता लावतीको सालिक अनावरण - Naya Online

नेता लावतीको सालिक अनावरण

पाँचथर, २७ जेठ । राजनीतिज्ञ पद्मसुन्दर लावतीको आज सालिक अनावरण गरिएको छ ।
यासोक बजारमा पापोहाङ लावती सयङले निर्माण गरेको सालिकको भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले अनावरण गर्दै लावतीले नेपाली राजनीतिक र सामाजिक क्षेत्रमा दिएको योगदानलाई भुल्न नहुने बताउनुभयो ।

राप्रपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पनि सन्देशमार्फत लावती जनताको प्रिय नेता, पार्टीको कुशल सङ्गठक, लक्ष्य प्राप्तिमा निरन्तर लागिपर्ने र विकासप्रति समर्पित तथा स्वाभिमानी नेता भएको बताउनुभएको छ ।
सो अवसरमा स्व लावतीका छोरा सगुनसुन्दर, बुहारी सांसद बबिना मोक्तान, नेपाली काँग्रेसका सभापति नरेन्द्रकुमार केरुङ, नेकपा(एमाले)का नेता प्रेम रिजाल, नेकपा (माओवादी केन्द्र)का नेता दिनेश लावती, सङ्घीय लिम्बूवान पार्टी नेपालका सचिवालय सदस्य चन्द्रराज आङ्देम्बे, लावती सयङका अध्यक्ष जगतजङ्ग लावती लगायतले स्व लावतीले जिल्लाको विकासमा दिएको योगदान बिर्सन नसकिने बताउनुभयो ।

सो सालिक सयङको संयोजनमा देशविदेशमा रहेका लावतीहरु र अन्य व्यक्तिका तर्फबाट सहयोगस्वरुप प्राप्त रु छ लाख १५ हजार आर्थिक सहयोगमा उक्त सालिक निर्माण गरिएको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...