हात नथाप्ने, अब थान थाप्ने - Naya Online

हात नथाप्ने, अब थान थाप्ने

मनि राई गोठाले 

mani dai

कविलायुगिन,
युद्घका कुटिल बान्ताहरु,
म देखिरहेछु ,
गन्हाईरहेछ मलाई,
र दिनदिनै नमिठो डकारछु म ।
मेरो पौरखले,
चारकिल्ला ठोकेर घेरेको सिंहदरबारभित्र,
पुग्नु छ मलाई,
बस्नु छ मलाई ।
जहाँ म,
आदिम्ताको कर्दा खुर्पिले,
एकल प्रभुत्वमाथि,
मुलबासीको नाममा कचुर हानेर,
पराजित गर्नसकुँ ,
त्यहाँका सकुनी मोक्षहरुलाई ।
खन्याउँदै,
भू–स्वामित्वको चिनारीबाट,
विवेकको चोखो जाँड,
अनि,
म फलाक्न सकुँ ,
मसानहरुको हालिमुहाली छेत्छेती ।
र,
विरासतको जोखनामा,
आधिकारीकहरु छुट्टयाउँन सकुँ ,
सिंहदरबारको भोगचलन,
मेरो जस्तै,
र म जस्तै,
धेरै,धेधेरै मान्छेहरु,
चिम्से आँखा र नेप्टे नाकका ।

– मंगलबार २५ जेठ २०७३ धरान १३ अमरहाट

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

सुदिप पुर्कुटि ‘लुरे/रुन्चे’ को दुई मुक्तक –

सुदिप पुर्कुटि ‘लुरे/रुन्चे’ (१) स्वार्थि दुनियाँमा हिड्दा हिड्दा थाकेकाे मात्रा हुँ म अधिकाशं मुन्छेहरु...

केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधनको पुस्तक तयार

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पुर्वप्रधानमनत्री केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधनको पुस्तक प्रकाशन...

एडभेन्चर ट्रेक चाहनेहरूका लागिः ‘ग्रेट हिमालय ट्रेल’

निनाम लोवात्ती हाम्रो देशमा विदेशी पर्यटकहरू भ्रमणमा आएका वेला आँखाले प्रत्यक्ष हेर्ने, देख्ने, अनुभव...

बहुप्रतिभाका धनी महेशकुमार प्रदेश नं. १ का प्रदेशसभा उम्मेद्वार

मंसिर ४ मा हुन गइरहेको आम निर्वाचनमा फरक विचार र नयाँ अनुहारहरूले उम्मेद्वार दिइरहेका...

सस्मंरण: आँखाको नानीमा सधैँ नाचिरहन्छ – ईलाम !

भीम राई हातमा एकएक मुठो निगुरो बोकिरहेका एकजोडी बालिकाहरू मेची हाइवेका अकस्मात देखिँदा मलाई...

तान्छोमाको माया

नरेन्द्रराज केरुङ मैले त्यतिखेरै असहमति जनाएको थिए । जब उसले क्रान्तिकारी ताको मीठो व्याख्या...

वियोगी काइँलाको एकल कविता वाचन सम्पन्न

झापा, २५ भदौ । कवि वियोगी काइँलाको एकल कविता वाचन सम्पन्न भएको छ ।...

काठमाडौको हाउसफुलपछि धरानमा खुवालुङ

खुवालुङ नाटक मात्रै होइन, यो सांस्कृतिक अभियान पनि हो: राजन मुकारुङ प्रकाश दिप्साली राई...