" खोक्लिङे जेठाले बिहे गरेछ " - Naya Online

” खोक्लिङे जेठाले बिहे गरेछ “

काप्पोबा चुम

kappoba chum

“जेठ नु असार हिलो मात्र
माया त भन्नू पिलो मात्र ”
भन्दै पालाम गाउने खोक्लिङे जेठाले बिहे गरेछ ।

भिरैमा फूल्यो मेरो माया
लाहुरेको भन्नू सुनैको छाया ,
गोठमा बस्छु जान्दिन गणित
म परे हजुर लाहुरे पिडित ,

यस्तै .. यस्तै बिरहको पालाम गाउथ्यो जेठा
साच्चै –
लुङजङे जेठा लाहुरबाट आकै दिन हो
खोक्लिङे जेठाको मन बिरक्तिएको
लाग्छ-
आमा बित्दा नि त्यति नरोएको जेठा
चिलले टिपिक्क चल्ला टिपे जस्तो
दोभाने कान्छिलाइ लुङजङेले टिपिक्क टिपेर लग्दा
बेस्मारी भक्कानिएको थियो ।

हाउ जेठा ..!
आसामै जानू रेल मात्रै
माया त भन्नू खेल मात्रै ,
दुख र सुख घाम – छाया
के रुन्छन जेठा सम्झी माया ,
भन्दै ठट्याउली गर्दै –
हिटिघर माइलिले जिस्क्याको हिजै जस्तो लाग्छ
अचम्मै ..भो !
खोक्लिङे जेठाले बिहे गरेछ ।

सेन्छ्रेङ्ला ला?ओ चादुम ला?बे
आहिङ्नीभागर आदुम ला?बे
यत्तिनै भनी थिइन लाम्धुङ्दो कान्छिले
खै के भयो ..
त्यसै .. त्यसै माया लागेर आयो
ओइलिएको फूल जागेर आयो
अनि त जाउ हाउ .. भनेर ल्याए पो भन्दै मुसुक्क हास्यो जेठा
खुसी छ आज बिरहको पालाम गाउने खोक्लिङे जेठा
हो खोक्लिङे जेठाले बिहे गरेछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

किताबका कुरा: दुई औँठाका ल्याप्चेसहित मुक्ति पाएकी लादिप्माको कथा ‘प्याउली’

प्रकाश दिप्साली राई  पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि...

युपारुङ

जानु काम्बाङ लिम्बु पथाङको फेरोमा युपारुङ बाँधेर जीवन साट्नभन्दा पहिले म धर्ती र तिमी...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

संस्मरण: मध्य असारको त्यो ‘वृहत हतुवागढी साहित्य उत्सव……’

प्रकाश दिप्साली राई कुनैबेला हतुवागढीमा बाक्लो साहित्यिक ठुलै उत्सव महोत्सवहरू हुने गथ्र्यो । देशकै...

‘ताई ओ’ सित जोडिएको यात्रा

जानु काम्बाङ लिम्बू अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिबर्तन ।...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

पुस्तक लोकार्पण तथा पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न

धरान, ३ जेठ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन “परदेशी बिम्बहरू… साहित्यिक वार्षिक”...