याक्खालेन माग्दै सकियो छुम्माको महाधिवेशन - Naya Online

याक्खालेन माग्दै सकियो छुम्माको महाधिवेशन

धरान, जेठ २५ । किरात याक्खा छुम्माको पाँचौं केन्द्रीय महाधिवेशनले याक्खा स्वायत्त क्षेत्र (याक्खालेन)को राजनीतिक कार्य नीति पारित गरेको छ ।

लिम्बुवानको धरानमा सम्पन्न छुम्माको पाँचौ महाधिवेशनले लिम्बुवानअन्तर्गत याक्खा स्वायत्त क्षेत्रको माग गरेको हो । तर, संविधानमा प्रदेश किटान नगरिएका कारण भन्दै उसले जारी गरेको घोषणापत्रमा ‘पल्लो किरात (लिम्बुवान)को पश्चिम दक्षिण भाग अरुण नदीको पूर्वी किनारा उत्तरमा सभाखोलाको शीर हुँदै समलङ्गुर हिमालदेखि पूर्वको जलजले मिल्के लेक, मेन्छेयाम थुम्का, गुफापोखरी, मंगलबारे भञ्ज्याङ तीनजुरे डाँडा हुँदै पश्चिममा धनकुटा मुगाखोला उत्तरको चार सीमानाभित्र पर्ने क्षेत्रलाई याक्खा स्वायत्तता क्षेत्र’ भनी उल्लेख गरिएको छ ।

‘पहिचान र समृद्धिको लागि याक्खाको एकता, याक्खा स्वायत्तता आजको आवश्यकता’ भन्ने मूल नाराका साथ सम्पन्न छुम्माको पाँचौ महाधिवेशनले २९ सदस्यीय कार्य समिति चयन गरेको हो । लीलबहादुर रोगुको अध्यक्षतामा गठिन नयाँ कार्यसमितिका उपाध्यक्ष त्रयमा लोकेन्द्र याक्खा, लहरुमाया जिमी र अञ्जना ताम्ली चयन हुनुभएको छ । त्यस्तै महासचिवमा दीपक याक्खा, उपमहासचिवमा सोनाम याक्खा र सचिवमा शान्ति देवान चयन हुनुभएको छ भने प्राविधिका कारणले एक सचिव पद हाललाई रिक्त राखिएको छ । कोषाध्यक्षमा भूपेन्द्र देवान चयन हुनुभएको छ भने सदस्यहरूमा कमन देवान, कौशिला जिमी, चन््रकमल थम्फरा, विजयसेन सोम्याहाङ, हर्कबहादुर याक्खा, खड्गबहादुर देवान, इन्दिरा देवान, बिमला लिम्बुखिम, जनक याक्खा चयन हुनुभएको छ । सर्वसम्मत चयन गरिएको नयाँ कार्य समितिका अन्य सदस्यहरूमा देवीमाया देवान, हेमराज जिमी, मनोज थायुम, कुलबहादुर जिमी, डम्बर रोगु, अनुप देवान, अजय जिमी, भीमबहादुर देवान, सञ्चबहादुर मादी, जीवन लिंखा, धनकुमारी जिमी र विष्णुमाया याक्खा चयन हुनुभएको हो ।

yakhha

छुम्माका अढाई सय प्रतिनिधि पर्यवेक्षक सहभागी महाधिवेशनले दुई दिनसम्म छलफल गरेर नौ बुँदे घोषणापत्र जारी गर्दै याक्खालेन स्वायत्त क्षेत्रको राजनीतिक एजेण्डा पारित गरेको हो । त्यसका अतिरिक्त संविधानमा भएका विभेदकारी प्रावधानहरूमा संशोधन गरेर उत्पीडित जाति, लिङ्ग, क्षेत्र र समुदायले गरिरहेको आन्दोलनलाई सम्बोधन गर्न, कम्तिमा एक जाति एक प्रतिनिधित्वको मागलाई सम्बोधन गर्न राज्यसमक्ष माग गरिएको छ । छुम्माले रेडियो नेपालको धनकुटा प्रशारण केन्द्रबाट याक्खा भाषाको नियमित कार्यक्रम प्रशारणको वातावरण मिलाउनसमेत राज्यलाई ध्यानाकर्षण गरेको छ । त्यस्तै राष्ट्रिय समावेशी आयोग, भाषा आयोग र आदिवासी जनजाति आयोगलाई संवैधानिक आयोगको मान्यता दिएर अधिकार क्षेत्र स्पष्ट गर्न पनि छुम्माले घोषणापत्रमार्फत माग गरेको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

पनौती / मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

रेखा–पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

काठमाडौं । नेपाल स्रष्टा समाजले रेखा –पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

पीडित परिवारलाई न्याय दिलाउन संघर्ष गर्ने चेतावनी

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक...

तिगेलाद्धारा विद्यालयलाई जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण

धनकुटा, गत २१ माघ २०८१ का दिन विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई...