याक्खालेन माग्दै सकियो छुम्माको महाधिवेशन - Naya Online

याक्खालेन माग्दै सकियो छुम्माको महाधिवेशन

धरान, जेठ २५ । किरात याक्खा छुम्माको पाँचौं केन्द्रीय महाधिवेशनले याक्खा स्वायत्त क्षेत्र (याक्खालेन)को राजनीतिक कार्य नीति पारित गरेको छ ।

लिम्बुवानको धरानमा सम्पन्न छुम्माको पाँचौ महाधिवेशनले लिम्बुवानअन्तर्गत याक्खा स्वायत्त क्षेत्रको माग गरेको हो । तर, संविधानमा प्रदेश किटान नगरिएका कारण भन्दै उसले जारी गरेको घोषणापत्रमा ‘पल्लो किरात (लिम्बुवान)को पश्चिम दक्षिण भाग अरुण नदीको पूर्वी किनारा उत्तरमा सभाखोलाको शीर हुँदै समलङ्गुर हिमालदेखि पूर्वको जलजले मिल्के लेक, मेन्छेयाम थुम्का, गुफापोखरी, मंगलबारे भञ्ज्याङ तीनजुरे डाँडा हुँदै पश्चिममा धनकुटा मुगाखोला उत्तरको चार सीमानाभित्र पर्ने क्षेत्रलाई याक्खा स्वायत्तता क्षेत्र’ भनी उल्लेख गरिएको छ ।

‘पहिचान र समृद्धिको लागि याक्खाको एकता, याक्खा स्वायत्तता आजको आवश्यकता’ भन्ने मूल नाराका साथ सम्पन्न छुम्माको पाँचौ महाधिवेशनले २९ सदस्यीय कार्य समिति चयन गरेको हो । लीलबहादुर रोगुको अध्यक्षतामा गठिन नयाँ कार्यसमितिका उपाध्यक्ष त्रयमा लोकेन्द्र याक्खा, लहरुमाया जिमी र अञ्जना ताम्ली चयन हुनुभएको छ । त्यस्तै महासचिवमा दीपक याक्खा, उपमहासचिवमा सोनाम याक्खा र सचिवमा शान्ति देवान चयन हुनुभएको छ भने प्राविधिका कारणले एक सचिव पद हाललाई रिक्त राखिएको छ । कोषाध्यक्षमा भूपेन्द्र देवान चयन हुनुभएको छ भने सदस्यहरूमा कमन देवान, कौशिला जिमी, चन््रकमल थम्फरा, विजयसेन सोम्याहाङ, हर्कबहादुर याक्खा, खड्गबहादुर देवान, इन्दिरा देवान, बिमला लिम्बुखिम, जनक याक्खा चयन हुनुभएको छ । सर्वसम्मत चयन गरिएको नयाँ कार्य समितिका अन्य सदस्यहरूमा देवीमाया देवान, हेमराज जिमी, मनोज थायुम, कुलबहादुर जिमी, डम्बर रोगु, अनुप देवान, अजय जिमी, भीमबहादुर देवान, सञ्चबहादुर मादी, जीवन लिंखा, धनकुमारी जिमी र विष्णुमाया याक्खा चयन हुनुभएको हो ।

yakhha

छुम्माका अढाई सय प्रतिनिधि पर्यवेक्षक सहभागी महाधिवेशनले दुई दिनसम्म छलफल गरेर नौ बुँदे घोषणापत्र जारी गर्दै याक्खालेन स्वायत्त क्षेत्रको राजनीतिक एजेण्डा पारित गरेको हो । त्यसका अतिरिक्त संविधानमा भएका विभेदकारी प्रावधानहरूमा संशोधन गरेर उत्पीडित जाति, लिङ्ग, क्षेत्र र समुदायले गरिरहेको आन्दोलनलाई सम्बोधन गर्न, कम्तिमा एक जाति एक प्रतिनिधित्वको मागलाई सम्बोधन गर्न राज्यसमक्ष माग गरिएको छ । छुम्माले रेडियो नेपालको धनकुटा प्रशारण केन्द्रबाट याक्खा भाषाको नियमित कार्यक्रम प्रशारणको वातावरण मिलाउनसमेत राज्यलाई ध्यानाकर्षण गरेको छ । त्यस्तै राष्ट्रिय समावेशी आयोग, भाषा आयोग र आदिवासी जनजाति आयोगलाई संवैधानिक आयोगको मान्यता दिएर अधिकार क्षेत्र स्पष्ट गर्न पनि छुम्माले घोषणापत्रमार्फत माग गरेको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...