एकताले कम्युनिस्ट आन्दोलनमा नयाँ सन्देश–अध्यक्ष दाहाल - Naya Online

एकताले कम्युनिस्ट आन्दोलनमा नयाँ सन्देश–अध्यक्ष दाहाल

Prachandaबुटवल, २६ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी घटकबीचको पार्टी एकताले नयाँ अवसर र चुनौती दुवै सिर्जना गरेको बताउनुभएको छ । उहाँले माओवादी केन्द्रले अब जनतामा जाने प्रक्रिया थालेकाले एकताबाट नयाँ
आन्दोलनको थालनी हुने बताउनुभयो ।

सो पार्टीको आज बुटवलमा आयोजित प्रदेश नं ५ को एकता भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष दाहालले एकताले नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ सन्देश दिएको चर्चा गर्नु भयो ।
विभिन्न विवाद र बहसले विगतमा पार्टी विभाजित भए पनि ऐतिहासिक आवश्यकताले पुनः क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएको भन्दै दाहालले जनताको मन जितेर अब पार्टी बलियो हुने बताउनुभयो ।

पार्टी एकतामा मोहन वैद्यलाई ल्याउने धेरै प्रयास गरे पनि वैद्यले समयानुसार माक्र्सवादलाई बोध गर्न नसक्नाले प्रयास सफल हुन नसकेको बताउँदै उहाँले बाबुरामले माक्र्सवाद नै छोडेको भन्दै आलोचना गर्नुभयो ।

कार्यक्रममा विभिन्न दलबाट एकता प्रक्रियामा आएका मओवादी केन्द्रका नेताहरु रामबहादुर थापा ‘बादल’, मातृका यादव, मणि थापा, जयपुरी घर्ती, तिलक परियार, वसन्त घर्तीलगायतका नेताले एकताले नयाँ क्रान्तिको थालनी गरेको उल्लेख गर्नु भयो । यस्तै माओवादी केन्द्रको बुधबार बुटवलमा आयोजित एकता
भेलाको नाम दिएको सो प्रदेश नं ५ को कार्यकर्ता भेटघाट कार्यक्रमको
रुपन्देहीका बहुमत जिल्ला सदस्यहरुले बहिष्कार गरेको घोषणा गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...