‘म आफ्नै कामले चिनिन चाहन्छु’ - Naya Online

‘म आफ्नै कामले चिनिन चाहन्छु’

shital kcशितल केसी (अभिनेता)


कुनैबेला एउटा यस्तो जमाना थियो । त्यो बेला सिनेमाको पर्दामा नाच्दै सुन्दर युवतीलाई अंगालो हालेको देख्दा होस् या सोझासिधा सर्वसाधारणमाथि ज्यादती गर्ने खलनायकलाई उडी–उडी हानेको देखेर आफू पनि गोठाला जाँदा भैंसीलाई सिनेमाको नक्कल गर्दै सकिनसकी लातै लातले हिर्काएको होस् । आफूलाई पनि सिनेमाको हिरोसँग दाँज्दै लामो–लामो केश पालेर होस् या भर्खरै बजारबाट किनेर ल्याएको पाइन्टलाई काटी लगाएर होस् हिरो नै बन्नु पर्ने वा हिरो झैं देखिनुपर्ने हुन्थ्यो । त्यसरी नक्कल गर्ने युवक अर्घाखाँचीबाट अध्ययनको लागि बुटवल झरेका शितल केसी थिए । उनी कसिलो बान्की परेको खाइलाग्दो शरीर झट्ट हेर्दा अहिलेका महानायक राजेश हमालसँग मिल्दोजुल्दो शारीरिक बनावट र हाउभाउ भएका थिए । जोकोहीले हिरो जस्तै ठानेर हिरो हिरो भन्दै फर्की–फर्की हेरेको देख्दा आफू पनि ठुलै हुँ कि क्या हो जस्तो लाग्ने केसीसँगको कुराकानी ।

हिजोआज के गर्दै हुनुहुन्छ ?
हिजोआज म नेपाली चलचित्र र म्युजिक भिडियोहरू नै गरिरहेको छु ।

कहाँको राजेश हमाल कहाँको शितल केसी । राजेश हमाल हरेक क्षेत्रमा अगाडी हुनुहुन्छ । उहा मेरो अग्रज हो । म उहाँलाई आदर गर्छु । म आफूलाई राजेश हमालसँग कहिले पनि दाँज्दिन र म राजेश हमाल बन्ने होडमा छुइनँ र मलाई त्यस्तो पनि लाग्दैन ।

आजसम्म तपाईले कति ओटा चलचित्रमा काम गरिसक्नु भयो ?
यति नै भनेर ठ्याक्कै यकिन त छैन । तर ४० भन्दामाथी ठुलो पर्दाको चलचित्र र २०० भन्दा माथी म्युजिक भिडियोमा काम गरिसकेको छु ।

तपाइलाई हेर्दा त राजेश हमालजस्तै देखिनु हुन्छ । तपाइ पनि भविष्यमा महानायक बन्ने हो ?
तपाइले कुन अर्थमा भन्नुभयो ? त्यो म बुझ्दिन तर, कहाँको राजेश हमाल कहाँको शितल केसी । राजेश हमाल हरेक क्षेत्रमा अगाडी हुनुहुन्छ । उहा मेरो अग्रज हो । म उहाँलाई आदर गर्छु । म आफूलाई राजेश हमालसँग कहिले पनि दाँज्दिन र म राजेश हमाल बन्ने होडमा छुइनँ र मलाई त्यस्तो पनि लाग्दैन । हरेक मान्छेले आफू रहेर बाँच्नु पर्छ । कोही अरु भएर वा हुन खोजेर बाँच्नु हुदैन ।

अहिलेको वर्तमान परिप्रेक्ष्यमा नेपाली चलचित्रको व्यापार घटी रहेको छ, यो अवस्थामा कला बेचेर बाँच्न सकिन्छ त ?
नेपालमा आएको महाभुकम्प र त्यसको लगतै भारतीय नाकाबन्दिको कारण नेपाली फिल्म इन्डस्ट्री पनि त्यसको मारमा प¥यो नै । तुलनात्मक हिसाबले हेर्दा खेरी व्यापार घटेकै हो । तर यो अवस्थामा पनि केहि राम्रा फिल्महरूले राम्रै व्यापार गरिरहेको नै छ । अरु साथीहरूको के कसो छ ? त्यो म जान्दिनँ तर म चाही यहि क्षेत्र बाटै बाँचेकै छु ।

दर्शकहरूले अब तत्कालै नायक शितल केसीको के के हेर्न पाउने छन् ?
अहिले तत्कालै मेरो तीनवटा फिल्महरू ‘म तिम्रो हुन सकिनँ’, ‘पास्ट’ र ‘एक्सिडेन्ट’ दर्शकमाझ आउदैछ । यसको साथ साथै म्यूजिक भिडियोहरू पनि आउदैछ ।

बिहे गर्ने उमेर भएन र ?
अहिले साँझ पर्न लाग्यो । भोलि उज्यालो भए पछि गरौला नि ।

सिनेमाको हिरो बन्ने मोह कसरी र कहाँबाट जाग्यो ?
म अर्घाखाँचीमा जन्मिएँ, त्यहीको धुलो माटोमा खेलेर, नदि नाला अनि झोरजंगल घुमेर बिताए । माध्यमिक तहको पढाइ पुरा गरेपछि म वुटवल आएँ । केस लामो लामो पाल्ने सानैदेखिको रहर भएकोले त्यो बेला पनि मेरो केस लामै थियो । कहि कतै आउदा जाँदा, बाटोमा हिड्नेहरूले मलाई फर्की फर्की हेर्ने गर्थे –कुनै फिल्मको हिरो हो जस्तै । सबैले यसो गर्दा मलाई पनि हिरो नै हुँ कि जस्तो लाग्थ्यो । कलेजमा साथीहरूले फिल्म खेल्ने सुझाव दिने गर्थे । तर मलाई त्यस्तो फिल्म खेल्न कहाँ सक्छु होला र जस्तो लाग्थ्यो । फिल्मको हिरो भनेको त अर्कै मान्छे हुँदो हो । डरलाग्दो वा रहरलाग्दो जस्तो लाग्थ्यो । पछि काठमाडौ आएँ ।
एकदिन एक जना निर्देशकसँग भेट भयो । चिनजानकै क्रममा उहाले टेलिफिल्ममा वंशमा रोल दिने कुरा गर्नु भयो । पहिला त गर्दिनँजस्तो लागेको थियो । तर पछि म त्यो टेलिफिल्ममा मैले काम गरे । त्यसको एक हप्ता पछाडि मैले अभिनय गरेको टेलिफिल्म टेलिभिजनमा आयो । मैले राम्रै गरेको रहेछु । सबैले मन पराइ दिनुभयो । त्यसपछि टेलिफिल्म गहनालगायत म्युजिक भिडियोमा काम गर्न सुरुवात गरे । त्यो दिनदेखी आजसम्म लगातार काम गरिरहेको छु ।

shital1अन्त्यमा आफ्नो दर्शकहरूलाई के भन्न चाहनु हुन्छ ?
सर्वप्रथम तपाइँलगायत द गोर्खाज टिमलाई हृदयदेखी नै धन्यवाद । अनि अब चाडै नै मेरो ३ वटा फिल्म ‘म तिम्रो हुन सकिनँ’, ‘पास्ट अनि ‘एक्सिडेन्ट’ बजारमा आउदैछ । त्यस्लाई पनि हलसम्म गएर एकपटक हेरिदिनु होस् अनि मेरो कमीकमजोरीहरूलाई औल्याईदिनुहोस् । जसको कारणले आउने दिनहरूमा म अझ अगाडी बढ्न सकुँ अनि राम्रा राम्रा फिल्महरू ल्याउन ल्याउन सकुँ । यहि भन्न चाहान्छु ।

प्रस्तुतिः इन्द्र जिजीविषा

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपालको हकमा जातीय उत्पीडन विकराल कि वर्गीय समस्या प्रधान ?

-उदय पूर्वेली चोङबाङक्याक नेपालको हकमा जातीय उत्पीडन नै वर्गीय समस्याको मूल जड हो ।...

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

आफ्नो कला संस्कृति प्रबर्धन र संरक्षणमा नेपाल साँस्कृतिक कला मन्दिरको भुमिका

काठमाडौं १ भाद्र । नेपालको मौलिक धर्म संस्कृति परम्परा सम्वद्र्धन र संरक्षणका लागि बिभिन्न...

मिसेस इण्डिया युनिभर्समा जाँदै सम्झना खापुङ

पश्चिम सिक्किमको थर्पु सिङ्तामकी सम्झना खापुङ फेदाप डिभालिसियस मिसेस इण्डिया युनिभर्स २०२१ मा छानिएकी...

अमृतको कला मोह

काठमाडौं १६ साउन । वास्तवमा कलाकारिता एउटा रहरमात्र होइन, जहाँ गर्न सके नाम र...

एक “गुमनाम” पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण

अर्जुन मादेन लिम्बू   राजनीतिसंगै गीत रचना र समाजसेवामा समर्पित मीनबहादुर थापालाई नियाल्दा मुलतः...

पाइलामा जे बिझाउँछ त्यहि टिप्ने मानिस

देवेन्द्र सुर्केली जुन गाउँमा लाहुरे नै थिएनन् र जुन गाउँको एउटा युवाले लाहुरबारे बुझेको...

एकै पाःलामले चर्चित बनेकी गायिका निरन्ता नेम्बाङ

हालै युट्युवमा ‘थोक्फेला साम्लो…’ बोलको पाःलाम सार्वजनिक भयो । सामान्य स्टुडियोमा मात्र बनाइएको उक्त...

एकरूपैयाको बलगमले दिनभर मेला धान्थेँ –जीवन केदेम

मेरो बाल्यकाल र धाननाच बुझाई मेरो जन्म ताप्लेजुङ जिल्लाको सान्थाक्रा गाउँमा भएको हो ।...

सुकोमल स्वर र शालिन ब्यक्तित्वकी धनी सुमिता

मुकेश राई ‘हरेक साँझ तिम्रो यादमा जल्ने टुकी हुँ म चुपचाप तिम्रो मन भित्र...