नेवि सङ्घमा एकसय एकाउन्न सदस्यीय कार्यसमिति बनाउन प्रस्ताव - Naya Online

नेवि सङ्घमा एकसय एकाउन्न सदस्यीय कार्यसमिति बनाउन प्रस्ताव

flagकाठमाडौँ, २५ जेठ । नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनमा १५१ सदस्यीय कार्यसमिति बनाउन प्रस्ताव गरिएको छ ।

नेवि सङ्घ अध्यक्ष रञ्जित कर्णको अध्यक्षतामा आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आगामी अधिवेशनमा १०१ सदस्यीयबाट बढाएर १५१ सदस्यीय कार्यसमिति बनाउन प्रस्ताव गरिएको हो । जसमा निर्वाचित १२८ र मनोनित २३ रहने प्रस्ताव अगाडि ल्याइएको छ ।

प्रस्तावित केन्द्रीय समितिको संरचनामा अध्यक्ष एक, उपाध्यक्ष ११, महामन्त्री एक, सहमहामन्त्री १४, कोषाध्यक्ष एक, प्रत्येक प्रदेशबाट मधेसी, छात्रा, जनजाति दलितसहित सात जना सदस्य, छात्रा खुला १२, प्रविधितर्फ चार, नेपाल सांस्कृतिक विश्वविद्यालय दुई, पोखरा, मध्यपश्चिम, सुदूरपश्चिम, कृषि, काठमाडौँ विश्वविद्यालयबाट एक÷एक, त्रिवि आङ्गीक क्याम्पस छात्रासहित सात, सामुदायिक क्याम्पस चार, पिछडिएको क्षेत्र तीन, विदेश, मुस्लिम, अपाङ्ग एक÷एक, काठमाडौँ उपत्यकाबाट सात र सिटिइभिटीबाट दुई जना चुनाव लड्ने व्यवस्था अगाडि सारिएको छ ।

यस्तै तीन उपाध्यक्ष, एक महामन्त्री, चार सहमहामन्त्री, मधेसी, दलित, जनजातीसहित छात्रा सात, दलित, जनजाति एक÷एक जना, महाधिवेशन आयोजक जिल्ला एक र खुला पाँच गरी २३ जना मनोनित गर्ने व्यवस्था प्रस्तावित संरचनामा छ ।

बैठकमा महाधिवेशन हुने समय, महाधिवेशन प्रतिनिधिबाट मनोनित केन्द्रीय सदस्य हुने व्यवस्था, वर्तमान समितिले महाधिवेशन लड्न पाउने वा नपाउने विषयमा छलफल भएको प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । यस्तै बैठकमा शैक्षिक आन्दोलन र देशको समसामयिक राजनीतिको बारेमा छलफल भएको छ । बैठकमा ११ औँ महाधिवेशन आगामी असार २८, २९ र ३० वा साउन २२, २३ र २४ गते गर्ने प्रस्ताव अगाडि सारिएको छ ।

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले महाधिवेशन वर्षात्को समयमा हुने भएकाले काठमाडौँमा गर्नुपर्नेमा जोड दिएको प्रवक्ता लामिछानेले बताउनुभयो । आज तीन दर्जन केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नुभएको थियो । बैठक भोलि पुनः बस्नेछ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...