‘असिनाको तिहुन’ सार्वजनिक - Naya Online

‘असिनाको तिहुन’ सार्वजनिक

deependra
काठमाडौं, २५ जेठ । दक्षिण कोरियालाई कर्मभूमि बनाउँदै आएका गजलकार देव सागरको ‘असिनाको तिहुन’ नामक गजलसंग्रह सार्वजनिक भएको छ ।
‘असिनाको तिहुन’ सार्वजनिक गर्दै डा. कृष्णहरि बरालले गजलकार देव सागर नेपाली गजल क्षेत्रमा राम्रो सम्भावना बोकेको गजलकार भन्दै बधाइ तथा शुभकामना दिएका थिए ।
नाटक र कथालेखनमा समेत सक्रिय सागरलाई सोही कार्यक्रमको अवसर पारेर गोधूलि साहित्यिक प्रतिष्ठान काठमाडौंले सम्मानसमेत गरेको थियो । नेपाली भाषा, साहित्य र संस्कृति जगेर्नाका लागि योगदान दिएको भन्दै उनलाई सम्मान गरिएको हो ।
आफ्ना रचना संरक्षण हुने भएकाले कृति प्रकाशन गरेको गजलकार देव सागरले बताए । ‘असिनाको तिहुन’ मा प्रेम, घृणा, वर्गसंघर्ष, देशको वर्तमान अवस्था, परदेशी हुनुको पीडालगायत विषयमा लेखिएका एक सय एक गजल सामावेश छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

वडाध्यक्षका उम्मेदवारले गरे बराहक्षेत्रका सर्जकहरुसगँ अन्तरक्रिया

धरान । बराहक्षेत्र नगरपालिका वडा नम्बर– ३ बाट नेकपा(एमाले)का तर्फबाट वडाअध्यक्षका उम्मेदवार रुद्र दाहालले...

काठमाडौंमा संस्कृति संरक्षण समाजको स्थापना

काठमाडौँ, २७ चैत्र । रैथाने नेपाली संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्ने उद्देश्यले संस्कृति संरक्षण...

कुम्मायक साहित्यिक एवं सास्कृतिक सङ्गोष्ठी कार्यक्रम सम्पन्न

-पदम सुखी सम्बाहाम्फे पान्थर, २५ चैत । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आज कुम्मायक साहित्यिक...

धरानमा ‘बन्द बाक्सा’ प्रदर्शन हुने

-प्रकाश दिप्साली राई नडाहा, २५ चैत । कोरोना कहरले रन्थनिएको धरानको रङ्गमन्च २७ गतेबाट...

कवि कविता राईको ‘गुरु’ उपन्यास बजारमा

-प्रकाश दिप्साली राई नडाहा, २५ चैत । २०७८ सालको राष्ट्रिय कविता विजेता कवि कविता...

ताल्चा कथा सङ्ग्रहको रचनागर्भ, पात्रमाथिको कथासहितको नयाँसाहित्य

विराटनगर, १९ चैत्र । यस हप्ताको नयाँ साहित्यमा निनाम लोवात्तीको कुलुङ लोककथा, कथाकार दिलिप...

कविता: म बाँझो बस्छु !!

सुशिला निनाम मलाई रातसँग डर लाग्छ त्यो ओछ्यानसँग उसै डर लाग्छ तिम्रो प्रेमिल स्पर्श...

‘मैले बाँचेको समय र देखेका, अनुभूत गरेका चरित्रहरू नै कथा लेखनको स्रोत मान्नुपर्ला’

नयाँ भेट: दिलिप बान्तावा, कथाकार दिलिप बान्तावा, पछिल्लो समय बजार छपक्कै ढाकेको ‘ताल्चा’ कथा...

पात्र प्रेम– हाङ्दिमा म तिमीलाई कहाँ भेटुं ?

सञ्जय तुम्बाहाङ्फे सिँधुवाको फाक्सा झ्याप्प होटलमा मेरो गाउँले नाक्पासँग होटलको नामजस्तै झ्याप्पै भेटभो ।...

एकल नाटकमा ११ जना छानिए

काठमाडौं, १३ चैत्र । सांस्कृतिक संस्थानले आयोजना गरेको ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७/०७८’ को...