हलिउड स्टार केटी पेरीको ट्विटर एकाउन्ट ह्याक भएको छ । ह्याक भएको एकाउन्टबाट उनका फलोअरहरूलाई जथाभाबी मेसेज पठाइएको छ । जब केटीले यो कुरा थाहा पाइन्, उनले तत्कालै ट्विटरमा यो कुराको जानकारी दिइन् । ट्विटरबाट उनलाई एकाउन्ट फेरि फिर्ता गरिएको छ । केटीको एकाउन्ट रोमानियाबाट ह्याक भएको रहेछ । केटीको ट्विटरमा आठ करोडभन्दा धेरै फलोअर्स छन् । यो ट्विटरका लागि नयाँ रेकर्ड नै हो । ट्विटरमा सबैभन्दा धेरै फलोअर्स भएकी अभिनेत्री हुन् उनी ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।