विकल्प तयार नभएकाले यो सरकार परिवर्तन हुँदैन: भट्टराई - Naya Online

विकल्प तयार नभएकाले यो सरकार परिवर्तन हुँदैन: भट्टराई

yogesh bhattaraiकाठमाडौँ, २४ जेठ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वर्तमान सरकारको विकल्प तयार नभएकाले अहिले सरकार बदल्न नभई संविधान कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालको झन्डा सर्वोच्च शिखर सगरमाथामा फहराउने लाक्पागेलु शेर्पालाई सम्मान गर्न यहाँ आज आयोजित कार्यक्रममा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख भट्टराईले नाकाबन्दी, छिमेकीको सम्बन्ध सुधार र तराई आन्दोलनको असामान्य स्थितिबाट मुलुकलाई सामान्यीकरण गराउन वर्तमान सरकार सफल भएकाले यसैलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “एमालेले मुलुकको उचाइलाई सगरमाथाको उचाइमा लान खोजिरहेको छ । यो सरकारले एकपछि अर्काे गर्दै परिस्थितिलाई सामान्य गरिरहेको छ भने अर्काे सरकार किन चाहियो ?” उहाँले चित्तबुझ्दो विकल्प नभएसम्म मुलुकलाई अस्थिर बनाउने गरी सरकार परिवर्तन गर्न हुँदैन भन्दै सरकार बदल्नेतिर नलागी संविधानको कार्यान्वयन र राष्ट्रिय सहमति दिशामा लाग्न आग्रह गर्नुभयो ।

उहाँले नेकपा (मओवादी केन्द्र) सँगको भद्र सहमतिबारे पार्टीका अध्यक्ष र वरिष्ठ नेताका अभिव्यक्तिको शैली फरक भए पनि सार एउटै भएको उल्लेख गर्दै भन्नुभयो, “माओवादीले राष्ट्रिय सहमतिको नेतृत्वका लागि काँग्रेसलाई तयार गराएर ल्याएमा एमाले बाधक बन्दैन तर सहमतिको अवस्था नभएसम्म यो गठबन्धन टुटाउनु वामपन्थी आन्दोलनको हितमा छैन ।”

नेता भट्टराईले नेपाली काँग्रेसले सहकार्यको बाटो टुटाएको बताउँदै उसले संविधानको कार्यान्वनमा सहकार्य गर्नुुपर्नेमा जोड दिनुभयो ।
एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले चौतारीको झन्डा सगरमाथामा पुगेको घटनालाई देशव्यापी बनाउन सुझाव दिनुभयो । चौतारीका अध्यक्ष गणेश बस्नेतले शेर्पाले चौतारीको झन्डा सगरमाथामा फहराएकामा आफूहरु गौरवान्वित भएको बताउँदै सङ्गठनको शिरलाई कहिल्यै झुक्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, चौतारीका पूर्वअध्यक्ष शम्भु श्रेष्ठ, गगन विष्ट र राजेन्द्र अर्याल तथा वरिष्ठ उपाध्यक्ष माधव नेपालले शेर्पाले चौतारीको झन्डा सगरमाथामा फहराएकामा धन्यवाद दिनुभएको थियो ।

चौतारीका मानार्थ सदस्य शेर्पाले यही जेठ १० गते सगरमाथाको चुचुरामा चौतारीकोे झन्डा फहराउनुभएको थियो । उहाँलाई चौतारीले गत वैशाख २ गते झन्डा हस्तान्तरण गरेको थियो । शेर्पाले अहिलेसम्म १२ पटक सगरमाथा चढिसक्नुभएको छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...