सपनाकी राजकुमारी - Naya Online

सपनाकी राजकुमारी

raj robert

राज रोबर्ट अजनबी सुब्बा


जस्तै बिधवाको सेतो सारी

मदहोसी लिएर रातै भरि

उनी आउछिन् सपनीमा ।

 

हिमाल जस्तै कन्चन दन्त लहर

गुलाब जस्तै मस्त यौबन

स्पर्समै स्खलित हुन्छु जस्तो……

आकर्षक सुडौल उनको नितम्ब

बस् यति मत्र उनको परिचय।

 

कहिले हामी भेट्छौ चोमोलुङमाको फेदीमा

कहिले हामी नाच्छौ नागी र खर्कहरुमा

कहिले हामी तैरिन्छौ काबेली तमोरमा

कहिले हामी रम्छौ फक्ताङ्लुङ् दरबारमा ।

 

कैयौ पटक सुहाग रातको अनुभबमा

उनी माझ म स्खलित् भएको छु

मेरो ओठ टोकेकी छिन् उनले कैयौ पटक्

मैले नि उनलाई चुमेकोछु कैयौ पटक ।

 

हावाले उडाउछ जब उनको सारी

सारी झै सेतो नितम्ब देख्छु

म आक्रोस् पोख्छु हावा सित,

थुक्क! लाजै बेगर…..

अङ्ग प्रत्यङ्ग स्पर्स गर्ने हावा?

फिकर नै बेगर सारी सुर्काउने…

छि…

बैसले मात्तिएको हावा?

सबैको प्रश्न?

आखिर को हुन् उनी??

कोही भन्छन् कामुक द्रौपदी,

कोही भन्छन् मोनिका लेविन्स्काई,

कोही भन्छन् होइन पिङ्गला मेनका,

तर सत्य यत्ति हो…..

म पान्डप होइन,

न त वील क्लिन्टन नै हु ,

न त हु बिस्वामित्र बस्….

उनी सपनाकी मेरी राज कुमारी ।

 

-मामाखे ,ताप्लेजुंग

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

वडाध्यक्षका उम्मेदवारले गरे बराहक्षेत्रका सर्जकहरुसगँ अन्तरक्रिया

धरान । बराहक्षेत्र नगरपालिका वडा नम्बर– ३ बाट नेकपा(एमाले)का तर्फबाट वडाअध्यक्षका उम्मेदवार रुद्र दाहालले...

काठमाडौंमा संस्कृति संरक्षण समाजको स्थापना

काठमाडौँ, २७ चैत्र । रैथाने नेपाली संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्ने उद्देश्यले संस्कृति संरक्षण...

कुम्मायक साहित्यिक एवं सास्कृतिक सङ्गोष्ठी कार्यक्रम सम्पन्न

-पदम सुखी सम्बाहाम्फे पान्थर, २५ चैत । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आज कुम्मायक साहित्यिक...

धरानमा ‘बन्द बाक्सा’ प्रदर्शन हुने

-प्रकाश दिप्साली राई नडाहा, २५ चैत । कोरोना कहरले रन्थनिएको धरानको रङ्गमन्च २७ गतेबाट...

कवि कविता राईको ‘गुरु’ उपन्यास बजारमा

-प्रकाश दिप्साली राई नडाहा, २५ चैत । २०७८ सालको राष्ट्रिय कविता विजेता कवि कविता...

ताल्चा कथा सङ्ग्रहको रचनागर्भ, पात्रमाथिको कथासहितको नयाँसाहित्य

विराटनगर, १९ चैत्र । यस हप्ताको नयाँ साहित्यमा निनाम लोवात्तीको कुलुङ लोककथा, कथाकार दिलिप...

कविता: म बाँझो बस्छु !!

सुशिला निनाम मलाई रातसँग डर लाग्छ त्यो ओछ्यानसँग उसै डर लाग्छ तिम्रो प्रेमिल स्पर्श...

‘मैले बाँचेको समय र देखेका, अनुभूत गरेका चरित्रहरू नै कथा लेखनको स्रोत मान्नुपर्ला’

नयाँ भेट: दिलिप बान्तावा, कथाकार दिलिप बान्तावा, पछिल्लो समय बजार छपक्कै ढाकेको ‘ताल्चा’ कथा...

पात्र प्रेम– हाङ्दिमा म तिमीलाई कहाँ भेटुं ?

सञ्जय तुम्बाहाङ्फे सिँधुवाको फाक्सा झ्याप्प होटलमा मेरो गाउँले नाक्पासँग होटलको नामजस्तै झ्याप्पै भेटभो ।...

एकल नाटकमा ११ जना छानिए

काठमाडौं, १३ चैत्र । सांस्कृतिक संस्थानले आयोजना गरेको ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७/०७८’ को...